सुडानमा शान्ति स्थापनार्थ खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित : नेपाली सेना « Khabarhub

सुडानमा शान्ति स्थापनार्थ खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित : नेपाली सेना


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अफ्रिकी मुलुक सुडानमा शान्ति कार्यका लागि खटिएका सबै नेपाली सुरक्षाकर्मी सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ ।

त्यहाँ नेपाली सेनाका दुई, नेपाल प्रहरीका तीन र सशस्त्र प्रहरी बलका एक जना स्टाफ कार्यरत रहेकामा सबै जना सुरक्षित रहेको नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

केही समयदेखि त्यहाँ फैलिएको हिंसात्मक घटनामा हालसम्म एक सय ८५ जनाको ज्यान गइसकेको छ भने एक हजार आठ सय जना घाइते भएका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले त्यहाँ जारी द्वन्द्व समाधानका लागि दुवै प्रतिद्वन्द्वी नेतालाई टेलिफोन गरी युद्धविरामका लागि अपिल गरिसकेका छन् ।

तथापि एसएएफ र आरएसएफ दुवै पक्ष युद्धविरामको सम्मान गर्न असफल भइरहेका छन् । एसएएफ सीडीआरले राजधानी र अन्य क्षेत्रलाई सुरक्षित गर्ने काम भने जारी राखेको छ ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ८ : ४२ बजे

सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण, सिंचाइमा सहज

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा निर्मित

बङ्गलादेशका मोहम्मद सैफउद्दिनले पोखराबाट एनपीएल खेल्ने

काठमाडौँ– बङ्गलादेशका क्रिकेटर मोहम्मद सैफउद्दिनले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो

रास्वपा सभापति लामिछाने पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने

जीप सफारीमार्फत रामकोट गाउँ घुम्दै पर्यटक

दमौली– चिसो मौसम सुरु भएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा विदेशी

बडादसैँको तेस्रो दिन, आज पनि टीका जमरा लगाइँदै

काठमाडौँ– विजयादशमीको टीकाको तेस्रो दिन आज द्वादशीमा पनि टीका र