शुक्लाफाँटा निकुञ्जमा लागेको डढेलो अझै नियन्त्रणमा आएन « Khabarhub

शुक्लाफाँटा निकुञ्जमा लागेको डढेलो अझै नियन्त्रणमा आएन


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा डढेलो लागेको छ । एक सातादेखि निकुञ्जको आधा दर्जन क्षेत्रमा लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन ।

निकुञ्जको मालुमेला, मङ्गलसेरा, साइलेन्ट सफारीको बाटोमा डढेलो लागेको सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बताए । “बस्ती नजिकबाटै डढेलो सुरु भएको थियो, अझै नियन्त्रणमा आएको छैन, गर्मी बढेसँगै वनमा तीव्र गतिमा डढेलो फैलिरहेको छ”, उनले भने, “डढेलो नियन्त्रणको प्रयास गरिरहेका छौँ ।”

डढेलो नियन्त्रणका लागि निकुञ्जले नियमित रुपमा अनुगमन तथा फायर लाइन बनाउने र सफा गर्ने काम गरिरहेको उनले बताए । उनका अनुसार डढेलोका कारण सात÷आठ हेक्टर वन क्षेत्र प्रभावित भएको छ ।

निकुञ्जले पहिलो चरणमा काठे पुल, मचानलगायतका भौतिक संरचनालाई डढेलोबाट जोगाउने प्रयास गरिरहेको छ । डढेलोका कारण निकुञ्ज आसपास तथा महेन्द्रनगर बजार क्षेत्रमा समेत तुवाँलो लागेको छ । बस्तीसँगै जोडिएका क्षेत्रमा डढेलो लागेपछि निकुञ्ज किनारमा तुवाँलोको असर देखिन थालेको हो ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : २५ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी