जातीय विभेद कायमै रहनु दुःखद् : उपाध्यक्ष महरा « Khabarhub

जातीय विभेद कायमै रहनु दुःखद् : उपाध्यक्ष महरा


६ बैशाख २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले समुदायमा जातीय विभेद कायमै रहनु दुःखद् भएको बताएका छन् । अझै पनि जातीय विभेद अन्त्यका लागि सङ्घर्ष गर्न आवश्यक रहेको उनको भनाइ छ ।

नेपाल दलित मुक्ति मोर्चा लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई आज दाङको राप्ती गाउँपालिकास्थित मसुरीयामा सम्बोधन गर्दै महराले मानव जातिमा दुई वटामात्र थर रहेको तर समाजमा अझै पनि दलितको नाममा विभेद कायमै रहेको बताए ।

“हामीले यसरी वर्गीय विभेदलाई निर्मूल पार्नका लागि लडाईं लड्दै गर्दा पनि देशका कैयौँ ठाउँमा दलित कुटिएका छन्, हेपिएका छन्, दुर्व्यवहारमा परेका छन्, त्यस कारण मलाई लाग्छ सामन्तसँगको लडाईं अझै सकिएको छैन”, नेता महराले भने ।

पूर्वसभामुख समेत रहेका महराले दलित भन्ने शब्द अन्त्य गरिनुपर्ने बताए । उनले वर्तमान सरकार यथास्थितिमा सञ्चालन हुने र बिग्रेको अर्थतन्त्रलाई सुधार गर्दै लैजानेमा आफू आशावादी भएको बताए ।

प्रकाशित मिति : ६ बैशाख २०८०, बुधबार  ९ : ४७ बजे

भू–राजनीतिक तनावबीच ब्रिक्स सम्मेलनमा सहकार्यको खोजी

नयाँ दिल्ली- चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार

विपद्को पीडामा खल्लो बन्दै तीज

काठमाडौं– सामान्यतया भदौ लागेसँगै नेपाली समाजमा तीजको रौनक छाउँथ्यो ।

मध्यपूर्वमा तनाव बढ्दा साउदी अरबको सुरक्षा चुनौती गहिरिँदै

काठमाडौं- इरान र उसका क्षेत्रीय सहयोगीहरूबाट बढ्दो सुरक्षा चुनौतीको सामना

तीजको दरखाने खर्च बाढीपीडितलाई

काभ्रेपलाञ्चोक– पाँचखाल नगरका सामुदायिक स्वास्थ्य स्वयंसेविकाद्वारा तीजको दरखाने पैसा प्रधानमन्त्री दैवी

भोटेकोशी बाढी : हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला

काठमाडौं- रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आइतबार दिउँसो २:००