पुराना तीन दलबाट देशमा केही हुन्छ जस्तो लाग्दैन | Khabarhub Khabarhub

पुराना तीन दलबाट देशमा केही हुन्छ जस्तो लाग्दैन

देउवा र ओलीभन्दा प्रचण्डले देशको स्थितिलाई बुझेर नेतृत्व गर्न सक्नुहुन्छ


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

यो देश बन्न सकेन वा यो देश बन्नका निम्ति योजना नै छैन। भ्रष्टाचार सबैतिर छ। राजनीतिक दलका नेताले सही नेतृत्व दिन सकेनन् र देश बन्न सकेन। यस्तो बहस घरदेखि सडक हुँदै संसदसम्म हुन्छ। सबैले देश बनाउनको निम्ति राजनीतितिर औँला उठाउने गर्छन्। के राजनीति मात्र र राजनीतिक दलका नेताहरू मात्र हुन त देश बिगार्ने ? यसै विषयमा आधारित भएर पूर्वाधार विज्ञ विकासको दृष्टिकोण विकासका अध्येयता र विकासको दृष्टिकोणलाई फरक ढंगले प्रस्तुत गर्ने प्रा. डा. सूर्यराज आचार्यसँग गोविन्द खड्काले गरेको कुराकानीको सम्पादित अंश :

देश बनाउने सन्दर्भ भन्दा अगाडि घर कसरी निर्माण हुन्छ ?
काठमाडौंको कुरा गर्दा घर बनाउनका लागि जग्गा भएर बैंकमा पैसा छ भने घर बनिहाल्नु पर्ने हो। तर त्यसले मात्र घर बन्दैन। नेपालमा स्रोत साधन र देश बन्न सक्ने आधार छन्। कसैले उठाएको घरको जुन बिम्ब छ त्यो घर मालिक तथा घर बेटीसँग घर बनाउने भनेको के हो भन्ने कुरा सूचित हुनुपर्छ। कस्तो घर बनाउन खोजको र घरको प्रयोजन कस्तो हुनुपर्छ ? त्यसको जानकारी हुनु आवश्यक छ। नक्सा बनाउनु पर्यो, त्यसमा सबै परिवार मिलेर छलफल गर्नुपर्छ। आर्किटेक इन्जिनियरलाई नक्सा बनाउन धेरै समय लाग्छ। त्यसमा ध्यान दिनुपर्छ। ठेकदार राम्रो खोज्नुपर्छ। ठेकदारले काम छोडेर गएमा चार महिनामा हुने काम एक वर्ष पनि लाग्नसक्छ।

घर बनाउने कुरा देश बनाउनसँग कसरी सम्बन्धित हुन्छ ?
पहिलो काम घर बनाउँदा घर मुली भनेजस्तो देश बनाउने जिम्मेवार राज्यको हुन्छ। त्यो राज्यमा बस्ने हामी लोकतान्त्रिक, बहुदलीय व्यवस्थामा छौँ। त्यहाँ नेताहरू हुन्छन्। प्रधानमन्त्री तथा मन्त्री हुन ती नेता सांसदको दृष्टिकोण शुद्ध हुनुपर्छ। हामीले नेपाल बनाउने भन्छौँ कस्तो बनाउन खोजेको हो। त्यसको विकास कस्तो हो, स्रोत यो भनेको फेरि हाम्रा नेताहरू पिएचडी धारी हुनुपर्छ। नेता विज्ञ नभए सूचना, सही सोच हुनु आवश्यक छ।

राजनीति र नेताको कारण देश बनाउने सूत्र बिग्रिएको हो ?
हाम्रो जस्तो विकशील देशमा राजनीतिक विकास नहोस् भन्ने छैन। नेतामा त्यो सूचनाको अभाव छ। अलिकति सम्हाल्नको लागि असहज भएको मात्र हो। नेपालमा विश्वविद्यालय नै धेरै पछि खुलेको हो। त्रिभुवन विश्वविद्यालय २०१६ सालमा आयो। विज्ञता, सूचनाको पछौटेपन छ। अब नेताको वरिपरि बस्ने विज्ञले अनुसन्धान गर्नुपर्छ।

राजनीतिक दललाई सही बाटो देखाउने खालको नेता नै गतिलो नभएको हो ?
यो सत्य बाटो दिने मान्छेको अभाव नै छ। राजा महेन्द्रको पालामा पञ्चायत निरंकुश व्यवस्था थियो। राजा महेन्द्रको त्यो बेलाको जे जस्ता इतिहास थियो त्यति बेलामा नेपाल र अमेरिका बीचको कुराकानीमा कूटनीतिक पत्राचार हुन्थे। ती पत्रहरू हेर्ने हो भने राजा महेन्द्र तथा वीरेन्द्रको समयमा राजाले नै चासो लिएर जे जस्ता स्रोत साधनको परिचालन भएको थियो भन्ने छनक दिएको पाइन्छ। तर अहिले त्यो कुनै छनक छैन।

यदुनाथ खनालका कारण राजा महेन्द्र केही हदसम्म सही बाटो हिँडेको कुरा हल्ला मात्र हो कि सत्य हो ?
केही हदसम्म हो। यदुनाथ खनालको बौद्धिक हैसियत राम्रो थियो। उनी राजा महेन्द्रको अगाडि सरकार यो कुरा सही होइन भन्ने हैसियत बोक्ने मान्छे हुन्। एक निडर भएर बोल्न सक्ने र गलत भएको स्थानमा चुप नबस्ने मान्छे हुन्। त्यस्तो मान्छे कोही नभएको कारण अहिले देशमा योजनाकार छैनन्। अहिले देशको विकासमा विज्ञको कमी भएको छ। नेता आफै विकासको सोच योजनाको खोजमा छन् तर उनीहरुको हैसियतले पुग्दैन। उनीहरुले अध्ययन र अनुसन्धान बढाउनुपर्छ।

अघिल्लो पुस्ताका नेताले के गर्यो भने राजनीतिक दलको विकासको जग बस्न सक्छ ?
विकासको प्रक्रियाले लय किन समात्न नसकी रहेको छ। यो हिसाबले अनुसन्धान तथा खोज गरेमा त्यो गाह्रो कुरा छैन। पछिल्लो पुस्ताबाट लिड गरेर कार्य अगाडि बढाउन सकिन्छ। सबै पुस्ताले विकासका लागि समात्ने राजनीति नै हो एकातिर हामी नेपाल बन्छ भनिरहेका छौं, अर्कोतिर हाम्रा संयम नीति, नियम, कानुन विकास हुँदै गएका राज्य अंगका रूपमा रहेका छन्।

देश बन्छ भन्ने सूत्र नयाँ पुस्तासँग कसरी जोडने हो ?
उमेरको कारणले पुरानो पुस्ता राज्य र राजनीतिबाट बाहिरिन्छ। देश बन्छ, बनाउन सकिन्छ भन्ने कुरा राजनीतिक अवसर तथा चुनौती हो। राजनीतिले वैधता खोजेको छ। एक डरलाग्दो पक्ष भनेको राजनीति प्रति जनताको वितृष्णा र आक्रोश छ। नयाँ आएका पार्टीको कुनै योजना छैन। योजना बनाउँदै होलान तर भविष्य खासै देखिँदैन। दाताका दृष्टिकोण विकासका बाधक बनेका छन्। त्यसलाई खुला गर्न सक्नुपर्छ। करिब ४०–४५ वर्ष अगाडि अल्पविकसित देशको अध्यक्ष थियो नेपाल। हामीसँगै सदस्य भएका देश हामीलाई छोडेर विकसित देशमा गइसके हामी त्यही छौँ। कसरी उनीहरू माथि पुगे भनेर हामीले खोज्नुपर्छ। हामी चुक्नुको मूल कारण स्रोत, साधन, जनशक्ति जस्ता अवसर छन्। विकासमा राजनीतिक दललाई आत्मसाथ गरेर एउटा उपयुक्त दृष्टिकोण बनाउने र राजनीतिक तहलाई सूचित गर्ने, सहयोग गर्ने, योजनाकार र राजनीतिज्ञको बहसबाट कार्यान्वयनमा गएर राज्यको प्रणालीमा सुधार हुनुपर्छ। तर हाम्रो देशका भद्रगोल नेताका कारण लयबद्ध रूपमा कार्य भएको छैन।

केपी ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’ तुलनात्मक रूपमा कसको नेतृत्वमा गयो भने देश विकासतर्फ धकेलिन्छ ?
कांग्रेसले देश बिगार्न सक्दैन र बनाउन पनि सक्दैन। केपी ओली विकासको बारेमा धेरै अध्ययनशील हुनुहुन्छ। तर असफल भइसक्नु भएको छ। प्रचण्डले देशको स्थितिलाई बुझेर नेतृत्व गर्न सक्नुहुन्छ। उहाँले देशको समस्यालाई आत्मसाथ गरेर लागेमा मात्र केही गर्न सक्नुहुन्छ। तर अहिलेको परिस्थिति देख्दा तीन दल र तीन पात्रबाट केही हुन्छ जस्तो लाग्दैन। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुति : कुसुम गौतम

 

 

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  १० : ३७ बजे

इजरायलद्वारा दक्षिणी बेरुतमा आक्रमण

एजेन्सी– इजरायलले लेबनानको राजधानी बेरूतको दक्षिणी उपनगरमा रहेका हिजबुल्लाहको गढका

सङ्घीय गणतान्त्रिक शासन प्रणाली सबैभन्दा उपयुक्त : मुख्यमन्त्री कार्की

मोरङ – कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सङ्घीय गणतान्त्रिक शासन

कर्णाली राजमार्ग : कालीकोटका बजारमा बढ्यो व्यापार व्यवसाय

मान्म– कर्णाली राजमार्गका कारण जिल्लाका विभिन्न बजारमा व्यापार व्यवसायमा वृद्धि

रविको पक्षमा बुटवल-भैरहवा मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले सभापति रवि लामिछानेलाई पक्राउ गरी

१४ अंकले बढ्यो नेप्से, कारोबार १० अर्ब 

काठमाडौं– साताको अन्तिम शेयर बजार बढेर बन्द भएको छ। बिहिबार नेपाल