‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’ « Khabarhub

‘सुडानको आधाभन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायता आवश्यक’


२९ कार्तिक २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सुडानको आधा भन्दा बढी जनसङ्ख्यालाई मानवीय सहायताको आवश्यकता रहको डेनमार्कको शरणार्थी परिषद्का महासचिव शार्लोट स्लेन्टेलाई उदृत गर्दै एएफपीले जनाएको छ ।  

अप्रिल २०२३ मा सुरु भएको सेना र अर्धसैनिक द्रुत समर्थन बल (आरएसएफ) बीचको युद्धले दशौं हजार मानिसहरूको ज्यान लिनुका साथै लगभग एक करोड २० लाख विस्थापित हुँदा मानवीय संकट निम्त्याएको जनाइएको छ ।

 स्लेन्टेले तीन करोड भन्दा बढी मानिसहरूलाई मानवीय सहायताको आवश्यकता परेको छिमेकी चाडको सीमावर्ती क्षेत्रको भ्रमण पछि बताएको एएफपीले जनाएको छ । विश्व ब्यांकका अनुसार सन् २०२४ मा सुडानको जनसङ्ख्या करिब ५ करोड थियो ।

पछिल्लो समयमा आरएसएफले १८ महिनाको घेराबन्दीसहित धेरै अत्याचारको रिपोर्ट पछि दारफुरमा सेनाको अन्तिम गढ–एल–फासेरको प्रमुख सहरको नियन्त्रण कब्जा गरेको छ ।

उक्त क्षेत्रमा अन्तर्राष्ट्रिय मानवीय कानुनहरू उल्लङ्घन गरी चरम मानवीयता विरोध क्रियाकलाप गरेको जनाउदै स्लेन्टेले एनजिओले सुडानमा सामूहिक हत्या र यौन हिंसाको प्रमाण देखेको बताएका छन् । 

नजरबन्द, अपहरण, जबरजस्ती विस्थापनलगायतका र यातनाहरू मौलाएको जनाउदै उहाँले अन्तर्राष्ट्रिय समुदायले पर्याप्त काम नगरेको आरोप लगाउनु भएको छ । 

पश्चिम कोर्डोफान राज्यको अन्तिम सेनाको गढ बाबानुसा सहर, उत्तरी कोर्डोफान राज्यको राजधानी एल–ओबिद र दक्षिण कोर्डोफानको काडुगली र डिलिङ जस्ता सहरहरू धेरै महिनादेखि घेराबन्दीमा रहेको जनाइएको छ ।
 
अन्तर्राष्ट्रिय समुदाय लगायत सम्बन्धि पक्षलाई जति सक्दो छिटो द्वन्द्वको व्यवस्थापन गरी अत्याचारहरू रोक्न स्लेन्टेले आग्रह गरे । 

प्रकाशित मिति : २९ कार्तिक २०८२, शनिबार  ५ : २४ बजे

‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छ : सञ्चारमन्त्री

ललितपुर– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले नेपालले डिजिटल रूपान्तरणलाई

तस्बिरमा हेर्नुहोस्, राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक सुरु भएको छ ।

संयुक्त राष्ट्रसंघ महासभामा सहभागिता हाम्रो कानुनी अधिकार हो : इरान

तेहरान– इरानले संयुक्त राष्ट्रसंघको ८१औँ महासभा (यूएनजीए) अधिवेशनमा सहभागी हुनु

राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ

काठमाडौँ– राजनीतिक विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन्

हङकङका पूर्वनेता तुङ ची-ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

हङकङ– सन् १९९७ मा हङकङ चीनलाई हस्तान्तरण भएपछि त्यसपछिको सङ्क्रमणकालीन