पोखरा विमानस्थलबाट चार्टर्ड उडान चाँडै « Khabarhub

पोखरा विमानस्थलबाट चार्टर्ड उडान चाँडै


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चाँडै चार्टर्ड उडान सुरु हुने भएको छ। आगामी जुन २३ तारिखदेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान हुन लागेको हो। यसबाट पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्।

बिहीबार नेपाल एसोसिएसन अफ टूर एन्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) को २४औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारणसभाका अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले आगामी असारको पहिलो सातादेखि चीनका विभिन्न सहरमा चार्टर्ड उडान सुरु हुने बताए। विमानस्थल सञ्चालनमा आएसँगै पोखरेलीको साढे चार दशकदेखिको सपना पूरा भएको छ।

विसं २०७९ पुस १७ गतेदेखि व्यावसायिकरुपमा सञ्चालनमा आएको नेपालको तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलले सञ्चालनको पाँच महिनासम्म अन्तर्राष्ट्रिय उडान भर्न नसकेका अवस्थामा चार्टर्ड उडानले आफूहरूलाई उत्साहित बनाएको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए।

“आन्तरिक उडान भइरहे पनि अन्तर्राष्ट्रिय उडान हुन नसकेका अवस्थामा चार्टड उडान हुने कुराले उत्साहित छौँ”, उनले भने, “यसबाट अन्तर्राष्ट्रिय उडानको सुरुआत हुनेछ, यो जसरी पनि कार्यान्वयन हुनुपर्छ।”

विमानस्थल उद्घाटनका दिन नेपालबाट अन्तर्राष्ट्रिय उडान भरिरहेको हिमालय एयरलाइन्सले परीक्षण उडान गरे पनि अहिलेसम्म कुनै अन्तर्राष्ट्रिय उडान हुन सकेको थिएन। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनका सहरमा चार्टर्ड उडान अन्तर्राष्ट्रिय उडानको महत्वपूर्ण सुरुआत हुने नाट्टा गण्डकी प्रदेशका अध्यक्ष हरिराम अधिकारी बताउँछन्।

“चार्टर्ड उडानमार्फत अन्तराष्ट्रिय उडान हुनु आफैँमा महत्वपूर्ण छ”, उनले भने। नेपाल आउने चिनियाँ पर्यटकमध्ये झण्डै ८० प्रतिशत पोखरा भित्रने गरेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। विशेषतः साहसिक पर्यटन चिनियाँ पर्यटकको रोजाइ हुने उनले बताए।

“चिनियाँ पर्यटकको पोखराको मुख्य रोजाई प्याराग्लाइडिङ हो, उनीहरू छोटो दूरीको पदयात्राका लागि पनि उत्तिकै रुचि राख्छन्”, सुवेदीले भने। पोखरामा चिनियाँ पर्यटकका लागि चाइनिज खाना खुवाउने होटेल तथा रेष्टुराँ पर्याप्त रहेको उल्लेख गर्दै उनले चिनियाँ पर्यटकको आवश्यकताअनुसारका पर्यटक गाइड तथा सहयोगी पनि उपलब्ध रहेको बताए।

सन् २०१९ अघि पोखरामा ठूलै सङ्ख्यामा चिनियाँ पर्यटक आए पनि कोरोना महामारीलगायत कारणले पछिल्लो समय आगमन प्रभावित बनेको थियो। चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्यसहित तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते शिलान्यास गर्नुभएको पोखरा विमानस्थलको निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी सिएमसिइले पाएको थियो। विमानस्थलको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गरेका थिए। चीनको एक्जिम बैंकको ऋण तथा अनुदान सहयोगमा करिब रु २२ अर्बको लागतमा विमानस्थल निर्माण गरिएको हो।

विमानस्थलमा न्यारोबडी एयर बस तीनसय २०, बोइङ सात सय ३५ जहाज उडान र अवतरण गर्न सकिन्छ। विमानस्थलमा तीन ठूला र आठ साना जहाज पार्किङ गर्न सकिन्छ। धावन मार्ग दुई हजार पाँच सय मिटरको रहेको विमानस्थलको चौडाइ ४५ मिटर छ। विमानस्थलमा १४ आन्तरिक र अन्तर्राष्ट्रिय टर्मिनल भवन छन्। अन्तर्राष्ट्रिय उडानले विभिन्न देशका सहरसित पोखराको सीधा सम्पर्क हुनेछ। पोखराबाट हुने अन्तर्राष्ट्रिय उडान पोखरामात्र नभई समग्र देशको पर्यटकीय विकासका लागि कोसेढुङ्गा सावित हुने पर्यटन व्यवसायी बताउँछन्।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ९ : २६ बजे

ठमेलमा गन्तव्य बनेको ‘एलओडी क्लब’ सातौँ वर्षमा

काठमाडौं- ठमेलस्थित ‘एलओडी क्लब’ले सातौँ वर्षमा प्रवेश गरेको छ। क्लबले

४ वर्षमा पनि बनेन सूर्यविनायक-धुलिखेल सडक (तस्बिरहरू)

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको सूर्यविनायक धुलिखेल सडक निर्माण सुरु भएको

लिबियामा १४० जना अवैध आप्रवासीलाई निर्वासन

एजेन्सी– लिबियाबाट १४० जना अवैध  आप्रवासीहरूलाई उनीहरूको मूल देशमा निर्वासन

दाङमा मोटरसाइकल दुर्घटनामा मृत्यु हुनेको पहिचान खुल्यो

देउखुरी– दाङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

राष्ट्रपति पौडेलसमक्ष गोर्खा विग्रेडको वार्षिक प्रतिवेदन प्रस्तुत

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त अधिराज्य बेलायती सेनाका मेजर जेनरल