जी ७ सम्मेलनमा सहभागी हुन विश्वका शीर्षस्थ नेताहरु हिरोसिमा पुगे « Khabarhub

जी ७ सम्मेलनमा सहभागी हुन विश्वका शीर्षस्थ नेताहरु हिरोसिमा पुगे


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

टोकियो- अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों शुक्रबार जापानको हिरोसिमा पीस मेमोरियल पार्क पुगेका छन् ।

जापानी प्रधानमन्त्री फुमियो किशिदाले उनीहरूलाई हिरोसिमा शान्ति स्मृति उद्यान (हिरोसिमा पीस मेमोरियल पार्कमा) स्वागत गरेका छन् ।

हिरोसिमा पीस मेमोरियल पार्कको भ्रमणका लागि अमेरिकी राष्ट्रपति जो बाइडेन उनकी पत्नी जिल बाइडेनसँगै छन् । त्यसैगरी, बेलायतका प्रधानमन्त्री ऋषि सुनकले आफ्नी पत्नी अक्षता मूर्तिसँग हिरोसिमा पीस मेमोरियल पार्कको भ्रमण गर्दैछन् ।

हिरोसिमा पीस मेमोरियल पार्क (गेनबाकु डोम) सन् १९४५ अगस्ट ६ मा संसारको पहिलो आणविक बम खसालिएको घटनाको दुःखद स्मृतिमा निर्मित संरचना हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, बेलायतका प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रों र इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी यही मे १९ देखि २१ सम्म हिरोसिमामा हुने जी–७ शिखर सम्मेलनमा सहभागी हुन जापान पुगेका हुन् ।

जी–७ समूहमा जापान, इटाली, क्यानडा, फ्रान्स, अमेरिका, बेलायत र जर्मनी रहेका छन् । जापानले आफ्नो जी–७ अध्यक्षताअन्तर्गत अष्ट्रेलिया, ब्राजिल, कोमोरोस, कुक टापु, भारत, इन्डोनेसिया, दक्षिण कोरिया र भियतनामका नेताहरूलाई आमन्त्रित गरेको छ ।

जी–७ शिखर सम्मेलन यसका सदस्य राष्ट्रहरू फ्रान्स, संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, जापान, इटाली र क्यानडा (रोटेटिंग प्रेसिडेंसीको क्रममा), र युरोपेली संघका नेताहरूका लागि वार्षिक अन्तर्राष्ट्रिय मञ्च हो । युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलले हिरोसिमामा हुने जी–७ बैठकमा युरोपेली संघको प्रतिनिधित्व गर्दैछन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पनि मे १९ मा हिरोसिमा पुग्दैछन् । उनी पनि मे २०–२१ मा हुने जी–७ शिखर सम्मेलनमा सहभागी हुनेछन् ।

विश्व राजनीतिका प्रमुख नेताहरुलाई स्वागत गर्दै जापानी प्रधानमन्त्री फुमियो किशिदाले आफ्नो सन्देशमा भनेका छन् ‘मे १९ देखि २१ सम्म जी–७ शिखर सम्मेलन मेरो गृहनगर हिरोसिमामा हुँदैछ । हिरोसिमा हरियाली चुगोकु हिमालले घेरिएको, शान्त सेतो अन्तर्देशीय सागरको अनुहारमा रहेको सुन्दर शहर हो ।’

‘म साँच्चै जी–७ नेताहरूलाई हिरोसिमामा स्वागत गर्न आतुर छु । यस वर्ष विश्वको ध्यान जापानमा केन्द्रित हुँदा यो सुन्दर परिदृश्य, परम्परागत संस्कृतिबाट विश्वलाई हाम्रो देशको आकर्षण देखाउने ठूलो अवसर हुनेछ।’ उनले भनेका छन् ।

यसअघि मे १८ मा जापानी प्रधानमन्त्री फुमियो किशिदाले अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गरेका थिए । उनले बेलायती समकक्षी ऋषि सुनकसँग पनि भेटवार्ता गरेका छन् । किशिदाले जी ७ शिखर सम्मेलनमा भाग लिन हाल जापानमा रहेका इटालीका प्रधानमन्त्री जर्जिया मेलोनीसँग पनि भेट गरेका छन् ।

यसैबीच जी–७ का नेताहरूले शुक्रबार जापानको हिरोसिमास्थित हिरोसिमा शान्ति स्मारक उद्यानमा माल्यार्पण गरेका छन् । उनीहरूले हिरोसिमा पीस मेमोरियल पार्कमा वृक्षरोपण पनि गरेका छन् । हिरोसिमा मेमोरियलमा माल्यार्पण गरेपछि नेताहरूले सामूहिक तस्बिर समेत खिचेका छन् ।

जापानी प्रधानमन्त्री फुमियो किशिदा, युरोपेली काउन्सिलका अध्यक्ष चार्ल्स मिशेल, अमेरिकी राष्ट्रपति जो बाइडेन, इटालीका प्रधानमन्त्री जर्जिया मेलोनी, फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रों, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र जर्मन चान्सलर ओलाफ स्कोल्ज र युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डर लेयनले सामूहिक तस्बिर खिचेका हुन् ।

जापानले यसै वर्ष २०२३ मा जी–७ को अध्यक्षता ग्रहण गरेको हो ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ५ : ५० बजे

पुरन्धरा झरना : जङ्गलको काखमा झरेको सुन्दरता, पर्यटकको बढ्दो आकर्षण

दाङ– तीनैतिर हरियाली वनले घेरिएको शान्त वातावरण । पश्चिमपट्टि कलकल

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका