‘नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक « Khabarhub

‘नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीद्वारा लिखित ‘नेपालीको संविधानको व्याख्या भाग १ र २’ सार्वजनिक भएको छ । पैरवी प्रकाशनले प्रकाशित गरेको उक्त कृतिको पूर्वराष्ट्रपति डा रामवरण यादवले आज सार्वजनिक गर्नुभयो । पुस्तकले कानुनको शासन कायम गर्ने विषय खुलेर वकालत गरेको उल्लेख गर्दै पूर्वराष्ट्रपति डा यादवले संघीयतासहितको संविधान उत्कृष्ट रहेको र यसको व्यवहारिक कार्यान्वयनमा जोड दिनुपर्ने बताए । 

महान्यायाधिवक्ता डा दिनमणि पोखरेलले पुस्तक पढ्न र आफ्नो अनुभव साट्नका लागि उपयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, ‘तुलनात्मक अध्ययन गर्न, संविधान निर्माणका क्रममा भएको संविधानको मर्म र संघीयता बुझ्नका लागि पुस्तक निकै महत्वपूर्ण छ । न्यायाधीश, अधिवक्ता र कानुनका विद्यार्थीका लागि पुस्तक उपयुक्त छ ।’ 

वरिष्ठ अधिवक्ता पूर्णमान शाक्यले संघीयतामा समावेशिता अनिवार्य हुनुपर्ने भए पनि लक्षित वर्गले सो प्रावधानको फाइदा लिन नसकेको टिप्पणी गरे । वरिष्ठ अधिवक्ता शम्भु थापाले पुस्तक लेख्नु सामान्य कुरा नभएको र लेखनका लागि सदा प्रेरणा मिलोस् भन्ने शुभकामना दिए। 

वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले संविधानको व्याख्या जटिल विषयमा भएको र गणतन्त्र, प्रजातन्त्रका, संघीयता र समावेशीताको विषयमा पुस्तकले राम्रो व्याख्या गरेको बताए । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस्तक अध्ययनका लागि धेरै उपयोगी र ऐतिहासिक दस्तावेज भएको टिप्पणी गरे । 

पुस्तकका लेखक वरिष्ठ अधिवक्ता डा चन्द्रकान्त ज्ञवालीले देश, जनता र विधिको शासनप्रति आफू असाध्यै संवेदनशील भएको हुँदा संविधानको सेरोफेरोमा आफूलाई पुस्तक लेख्न आनन्द लाग्ने बताए । अधिवक्ता ललितबहादुर बस्नेतले संविधानको सकारात्मक व्याख्या गर्ने विषयमा पुस्तकले स्पष्ट व्याख्या गरेको उल्लेख गर्दै पुस्तक ऐतिहासिक संग्रहनीय दस्तावेज भएको बताए ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ६ : २२ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै