प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन « Khabarhub

प्रतिनिधिसभाद्वारा राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रतिनिधिसभाले राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई गरेको सम्बोधनका लागि धन्यवाद ज्ञापन गरेको छ । प्रतिनिधिसभाको आजको दोस्रो बैठकले सो सम्बोधनका लागि धन्यवाद ज्ञापन गर्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो ।

त्यसअघि बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई राष्ट्रपतिले गरेको सम्बोधनको प्रति टेबुल गरेका थिए ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।

बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले नीति कार्यक्रममाथि छलफल गर्नका लागि यही जेठ ७ देखि ११ गतेसम्म तोकेका छन् । छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा नाम बुझाउनुपर्ने छ ।

सभामुख घिमिरेले राष्ट्रियसभाको बैठकबाट सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली, २०७५ संशोधन मस्यौदा समितिमा रहने तीन सदस्यको नाम मनोनयनसम्बन्धी सन्देशको जानकारी गराएका थिए ।

प्रतिनिधिसभाको अर्को बैठक यही जेठ ७ गते बिहान ११ बजे बस्नेछ ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ६ : ४० बजे

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छः मन्त्री रावल

त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत

त्रिशूली ३‘ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको