उदयपुरमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीय आन्दोलित | Khabarhub Khabarhub

उदयपुरमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीय आन्दोलित


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको बेलका नगरपालिका-४ लालबजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएपछि स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयले टिपरमा आगजनी गरेका हुन् ।

मधेश प्रदेश २-०३-०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करले स्थानीय नवराज रानामगरकी ४ वर्षीया छोरी एन्जिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदन भण्डारी राजर्माग हुँदै बेल्टारबाट रामपुरतर्फ जाँदै गरेको टिपरले बालिकालाई मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टारबाटमा दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

घटनापछि टिपर र चालक कटारी नगरपालिका–२ का २३ वर्षीय टुकराज तामाङलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।

टिपरको ठक्करले बालिकाको मृत्यु भएपछि आन्दोलित स्थानीयले मदन भण्डारी राजमार्ग हुँदै पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश–२–०१–००१ क ००२४ को अर्को टिपरमाथि आगजनी गरेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ७ : ०८ बजे

गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज सुनुवाइ हुँदै

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्धको रिटमा आज सर्वोच्च अदालतमा

विश्वकप ‘सुपर ८’मा रोचक भिडन्त : सेमिफाइनल पुग्ने कसको सम्भावना कति बलियो ?

कुनै पनि ठुला प्रतियोगिताको खेल तालिकाको मूल मर्म नै उत्कृष्ट

युरोकप २०२४ : अष्ट्रियामाथि फ्रान्सको जित

काठमाडौं– जर्मनीमा जारी युरोकप फुटबलमा फ्रान्सले विजयी सुरुवात गरेको छ

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

सूर्य नेपाल प्रिमियर गल्फ च्याम्यिनसिप आजदेखि

काठमाडौं– सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप आजदेखि सुरु हुँदैछ ।