उदयपुरमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीय आन्दोलित « Khabarhub

उदयपुरमा टिपरको ठक्करबाट बालिकाको मृत्यु भएपछि स्थानीय आन्दोलित


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको बेलका नगरपालिका-४ लालबजारमा शुक्रबार दिउँसो टिपरको ठक्करबाट एक बालिकाको ज्यान गएपछि स्थानीय आन्दोलित भएका छन् । आन्दोलित स्थानीयले टिपरमा आगजनी गरेका हुन् ।

मधेश प्रदेश २-०३-०००१ ख ४३०९ नम्बरको टिपरको ठक्करले स्थानीय नवराज रानामगरकी ४ वर्षीया छोरी एन्जिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मदन भण्डारी राजर्माग हुँदै बेल्टारबाट रामपुरतर्फ जाँदै गरेको टिपरले बालिकालाई मदन भण्डारी राजमार्ग अन्तर्गत बेल्टारबाटमा दिँदा बालिकाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ ।

घटनापछि टिपर र चालक कटारी नगरपालिका–२ का २३ वर्षीय टुकराज तामाङलाई इलाका प्रहरी कार्यालय रामपुरले नियन्त्रणमा लिएको छ ।

टिपरको ठक्करले बालिकाको मृत्यु भएपछि आन्दोलित स्थानीयले मदन भण्डारी राजमार्ग हुँदै पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको प्रदेश–२–०१–००१ क ००२४ को अर्को टिपरमाथि आगजनी गरेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ७ : ०८ बजे

चाडपर्वका बेला हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण गर्न सम्बद्ध निकाय परिचालन

काठमाडौं- सरकारले चाडपर्वको समयमा बजारमा हुनसक्ने कालोबजारी र मूल्यवृद्धि नियन्त्रण

१४५ दिनपछि प्रतिनिधिसभाको दोस्रो अधिवेशन सकियो, ३५ विधेयक दर्ता, २० विचाराधीन र ११ प्रमाणीकरण

काठमाडौं- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि

कांग्रेस महाधिवेशनमा रवि, ओली र दाहाल उपस्थित हुने

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

ताइवान आइपुगे अमेरिकाबाट खरिद गरिएका नयाँ एफ-१६ भी फाइटर जेट

एजेन्सी- चीनसँग तनाव जारी रहेका बेला अमेरिकाबाट खरिद गरेका ६६

काठमाडौंमा चाडपर्वलक्षित सुरक्षा योजना : ३५ सय बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं– जिल्ला प्रहरी परिसर काठमाडौंले चाडपर्व लक्षित विशेष सुरक्षा योजना