आतङ्कवादी हमला गरेको आरोपमा तीन इरानीलाई मृत्युदण्ड « Khabarhub

आतङ्कवादी हमला गरेको आरोपमा तीन इरानीलाई मृत्युदण्ड


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानले गत वर्ष मध्य शहर इस्फाहानमा ‘आतङ्कवादी’ सशस्त्र आक्रमण गरेको आरोपमा शुक्रबार तीन जनालाई मृत्युदण्ड दिएको इरानी न्यायपालिकाको मिजान समाचार एजेन्सीले जनाएको छ ।

मिजानका अनुसार सन् २०२२ को नोभेम्बर १६ मा शहरको खाने एस्फाहान क्षेत्रमा उनीहरूले गरेको आक्रमणमा तीन सुरक्षाकर्मीको मृत्यु भएको थियो भने कैयौँ घाइते भएका थिए ।

मिजानले भनेको छ, “अभियुक्तहरूलाई मुख्यतया ‘ईश्वरविरुद्ध युद्ध’ को आरोप लगाइएको थियो, जुन इरानी अधिकारीहरूले इस्लामी कोडहरूको उल्लङ्घन र ‘राष्ट्रिय सुरक्षामा खलल पुर्याउने’ लगायत विभिन्न अपराधहरूको लागि प्रयोग गरेका थिए ।

मृत्युदण्ड दिइएका व्यक्तिहरू मुजाहिद्दीन–ए–खल्क संगठनको सम्पर्कमा थिए, जसलाई इरानले आतङ्कवादी समूहको रूपमा चित्रण गरेको थियो ।

उनीहरूविरूद्ध इरानी जनता र अधिकारीविरुद्ध धेरै आतङ्कवादी घटनामा संलग्न रहेको आरोप लगाइएको थियो । तेहरानको एक अस्पतालमा २२ वर्षीया महसा अमिनीको मृत्यु भएपछि गत वर्ष इरानमा विरोध प्रदर्शन सुरु भएको थियो । इरानले संयुक्त राज्य अमेरिका र केही अन्य पश्चिमी देशहरूले देशमा ‘दङ्गा भड्काएको र आतङ्कवादीहरूलाई समर्थन गरेको’ आरोप लगाएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ८ : २२ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको