ठगी आरोपमा कांग्रेस महासमिति सदस्य पक्राउ | Khabarhub Khabarhub

ठगी आरोपमा कांग्रेस महासमिति सदस्य पक्राउ


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


171
Shares
  • change font
  • change font
  • change font

सिन्धुली – प्रहरीले नेपाली कांग्रेस महासमिति सदस्य कृष्ण मुरारी गुरुङलाई ठगी आरोपमा पक्राउ गरेको छ । करिब साढे ९ करोड रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सिन्धुली गोलन्जोर गाँउपालिका वडा नम्बर ४ घर भएका वर्ष ४३ वर्षीय गुरुङलाई पक्राउ गरेको हो ।

काठमाडौं जिल्ला प्रहरी परिसर टेकुले गुरुङलाई विभिन्न व्यक्तिको नगद तथा सुनसहित करिब ९ करोड ६० लाख रुपैयाँ विभिन्न प्रलोभन देखाई ठगी गरेका आरोपमा पक्राउ गरिएको जनाएको छ ।

प्रहरी उपरीक्षक सिताराम रिजालका अनुसार उनले सुरेश केसीसँग पटकपटक गरी नगद ७ करोड ७५ लाख रुपैयाँ र २० तोला सुन, देउ बहादुर गुरुङबाट २०७४ सालमा तीस लाख लिएको र सरिता गुरुङलाई आफूसँग गाडी भएको र सो गाडी बिक्रीमा रहेको र बैंकमा २० लाख रकम तिर्नुपर्ने र त्यसपछि गाडी आफूले पाउने भन्दै छलेर रकम लिई फरार भएका थिए ।

जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरी ठगी, अपराधिक लाभ तथा आपराधिक विश्वसघात सम्बन्धी कसूरमाकाठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ८ : ४८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’