बुटवलबाट लागूऔषधसहित दुई जना पक्राउ « Khabarhub

बुटवलबाट लागूऔषधसहित दुई जना पक्राउ


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

बुटवल – लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

लुकिछिपी लागूऔषध ९ब्राउन सुगर० को कारोबार गर्ने बुटवल उपमहारनगरपालिका–१९ पत्थरगंज मिलनटोलमा बस्दै आएकी स्याङजाकी ४१ वर्षीय माया गुरुङ र बुटवल ११ मा बस्दै आएका ४० वर्षीय नारायणप्रसाद सिंजापतीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।

नयाँ बसपार्कमा शंकास्पद अवस्थामा हिडेका सिंजापतीको शरीर खानतलासी गर्दा लागूऔषध फेला परेको र अनुसन्धान गर्दा गुरुङले कोठाभाडा लिएर बस्दै आएको ठाउँबाट लागूऔषध भेटिएको वडा प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए । प्रहरी निरीक्षक पौडेलको नेतृत्वमा खटेको टोलीले दुवै जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरूबाट १२ ग्राम ३ सय ७० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ र ‘स्पाशमोइक’ लेखिएको ३३ वटा क्याप्सुल बरामद गरिएको छ ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ९ : २१ बजे

पौवादुङमामा ‘गाईभैँसी पकेट विकास कार्यक्रम’

भोजपुर– पशुपालनमार्फत किसानलाई आत्मनिर्भरसँगै आयआर्जनमा जोड्ने उद्देश्यका साथ भोजपुरको पौवादुङमा

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्मका सुझाव

भक्तपुर–  ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

वैदेशिक लगानीकर्ताको आकर्षण सूचना प्रविधिका परियोजनामा

काठमाडौं- पछिल्लो समय सूचना प्रविधि (आईटी) का परियोजनामा वैदेशिक लगानीकर्ताको

पर्सामा गाँजा र ब्राउन सुगरसहित दुई जना पक्राउ

वीरगञ्ज– प्रहरीले पर्साका विभिन्न स्थानबाट गाँजा र ब्राउन सुगरसहित दुई

विदेशबाट फर्किएका युवा भेडापालनमा

म्याग्दी– रोजगारीका लागि विदेश जाने युवाको सङ्ख्या बढिरहेका बेला म्याग्दीको