महानगरद्वारा प्रहरीलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण « Khabarhub

महानगरद्वारा प्रहरीलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण


५ जेठ २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


201
Shares
  • change font
  • change font
  • change font

चितवन – भरतपुर महानगरपालिकाले जिल्ला प्रहरी कार्यालय चितवनलाई खोज तथा उद्धार सामग्री हस्तान्तरण गरेको छ । महानगर प्रमुख रेनु दाहालले जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीलाई हस्तान्तरण गरेकी थिइन् ।

सामग्री हस्तान्तरण गर्दै दाहालले प्रहरीलाई विपद्को समयमा खोज तथा उद्धारमा सहयोग पुगोस् भनेर सामग्री हस्तान्तरण गरिएको जानकारी दिईन् । प्रहरीलाई आवश्यक सहयोग र परामर्श गर्दै आएको बताउँदै उनले प्रहरीलाई सबैले सहयोग गर्नुपर्ने बताईन । उनले भनिन्, “समाजमा हुने कुनै पनि घटना न्यूनीकरणमा सबैले सहयोग गर्नुपर्छ ।”

वर्षालगायत विपद्का समयमा आवश्यक पर्ने सामग्री हस्तान्तरण गरिएको उनले बताईन । प्रहरी कार्यालयका प्रमुख कार्कीले सहयोग स्वरुप प्रदान गरिएको सामग्रीको सही उपयोग हुने बताए । कार्यक्रममा लक क्यारोविन, वयस्ट हार्नेस, टेप सिलिङ, स्मल ड्राई व्याग, वाटर ग्लासलगायतका २२ प्रकारका सामग्री हस्तान्तरण गरिएको थियो । रु छ लाख ६६ हजार तीन सय ८३ बराबरको सामान खरिद गरि हस्तान्तरण गरिएको हो ।

प्रकाशित मिति : ५ जेठ २०८०, शुक्रबार  ११ : ०४ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु