पहिरोले सिक्किमका सयभन्दा बढी घरमा क्षति « Khabarhub

पहिरोले सिक्किमका सयभन्दा बढी घरमा क्षति


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

गान्तोक– सिक्किममा भारी वर्षा र पहिरोका कारण मानिसहरू ठूलो समस्यामा परेका छन्। भारी वर्षाका कारण पश्चिम सिक्किममा पहिरो आउँदा सयभन्दा बढी घरमा क्षति पुगेको छ ।

साथै, अविरल वर्षाले राज्यका पूर्वाधार र सम्पत्तिमा व्यापक क्षति पुगेको छ । अविरल वर्षाका कारण धेरै नदीहरू खतराको विन्दु भन्दा माथि पुगेका छन् ।

उत्तरपूर्वी भारतमा आगामी तीन दिनसम्म भारी वर्षा र हावाहुरीका लागि ‘ओरेन्ज अलर्ट’ जारी गरिएको छ। उत्तरादेखि सोपखा जोड्ने सडकमा रहेका दुईवटा पुल पूर्णरुपमा बगेको समाचारमा जनाइएको छ । योसँगै नजिकैका पोल्ट्री फार्महरू पनि बगेका छन् ।

त्यसैगरी, डेन्टमदेखि पेलिङग्याल्सिङ जोड्ने सडक कालज खोलाले पूर्णरुपमा बगाएको छ । खोलाको पानीको बहाव बढेपछि एउटा कच्चा घर, एउटा सिमेन्टको भवन, दुईवटा श्मशानस्थल र एउटा भारी खन्ने मेसिन पनि बगेको छ ।

सोमबरियाको तल्लो ओखरेमा रहेको दावा सांगे शेर्पाको घर अविरल वर्षाका कारण भत्किएपछि त्यहाँ बस्ने सबैलाई सुरक्षित स्थानमा सारिएको छ ।

रामम नदीको पानीको बहाव बढेपछि पश्चिम बङ्गाल जोड्ने सीमा क्षेत्रमा रहेका सबै अस्थायी पुलमा क्षति पुगेको छ ।

लाचेन, लाचुङचुङ्थाङ उपत्यकामा शुक्रबार पनि भारी वर्षा भएको थियो ।  जसका कारण उत्तर सिक्किमको जिल्ला सदरमुकाम मंगनदेखि चुङथाङ जाने बाटो पेगोङ सप्लाइ खोलामा अवरुद्ध हुँदा यातायात बन्द भएको छ । 

उत्तर सिक्किममा पहिरो र सडक अवरुद्धका कारण करिब ३,५०० पर्यटक फसेका थिए, जसलाई सेनाले उद्धार गरेको थियो।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ८ : १८ बजे

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय

राष्ट्र बैंकद्वारा ८५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले वित्तीय बजारबाट ८५