गण्डकीमा ३०० किमी सडक कालोपत्र हुने | Khabarhub Khabarhub

गण्डकीमा ३०० किमी सडक कालोपत्र हुने


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

गण्डकी- गण्डकी प्रदेशमा आगामी आर्थिक वर्षमा थप तीन सय किलोमिटर सडक कालोपत्र हुने भएको छ ।

गण्डकी प्रदेश सरकारको आव २०८०-८१ को बजेटमा प्रदेश गौरवका सडक आयोजना, एक निर्वाचन क्षेत्र : एक कृषि सडक, रणनीतिक महत्वका सडक, स्थानीय तहको प्रशासनिक केन्द्र जोड्ने सडकको निर्माण तथा स्तरोन्नति कार्यलाई निरन्तरता दिइएको छ ।

सडक पूर्वाधार निर्माणका लागि ११ अर्ब १६ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री जीतप्रकाश आलेले बताए । उनले सडक कालोपत्रसँगै २५ वटा सडक पुल र २० वटा झोलुङ्गे पुल सम्पन्न गर्ने लक्ष्य रहेको बताए ।

नदी प्रणालीमा आधारित एकीकृत विकासको अभ्यासलाई नेपाल सरकारसमेतको लगानीमा अगाडि बढाइने सरकारले जनाएको छ । बूढीगण्डकी करिडोर, मर्स्याङ्दी करिडोर र शालिग्राम करिडोरको विस्तृत आयोजना प्रतिवेदन तयार गरी कार्यान्वयनमा लगिने र यसका लागि बजेट विनियोजन गरिएको मन्त्री आलेले बताए ।

प्रदेशको प्राथमिकतामा रहेका उत्तर–दक्षित द्रुतमार्गअन्तर्गतको भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्कस्वास–त्रिवेणीखण्ड आयोजनालाई विशेष प्राथमिकता दिई बजेट विनियोजन गरिएको उनकाे भनाइ छ ।

प्रदेश गौरवको आयोजनाको रुपमा रहेको शालिग्राम करिडोरको बाँकी खण्डको स्तरोन्नति र रणनीतिक महत्वको सडक बुद्धसिंह मार्ग निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउने सरकारको योजना छ ।

त्यसको कार्यान्वयनका लागि १९ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । यसबाट राष्ट्रिय राजमार्गसँग वैकल्पिक राजमार्गको आबद्धता विस्तार भई सडक पूर्वाधारको उपयोगमा जनताको पहुँच अभिवृद्धि हुने सरकारले विश्वास लिएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : ०८ बजे

३७ महिनापछि राप्रपा पार्टी कार्यालय पुगे कमल थापा

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा राष्ट्रिय प्रजातन्त्र

यस्ताे छ, नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको प्रधानमन्त्रीद्वारा प्रस्तुत जवाफको पूर्ण विवरण

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको आइतबारको बैठकमा आगामी आर्थिक

कर्णाली सरकारलाई निजामती कर्मचारीको नीति, कार्यक्रम लक्षित सुझाव (पूर्ण पाठसहित)

सुर्खेत– कर्णाली प्रदेशको नीति तथा कार्यक्रम र बजेटमा आउन लाग्दा

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज