पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु « Khabarhub

पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

इस्लामबाद– पाकिस्तानमा बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । इस्लामाबाद–लाहोर राजमार्गमा भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै र ८ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

घटनामा ३२ जना घाइते भएका छन् । घाइतेमध्ये १९ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रहरीका अनुसार दुर्घटना के कारणले भएको हो भन्ने बारे केही खुल्न सकेको छैन । तर, लगातारको वर्षाका कारण बस चिप्लिएर अर्को लेनमा गएको अनुमान गरिएको छ ।

पाकिस्तानको समाचार वेबसाइट‘‘एक्सप्रेस ट्रिब्यून’ का अनुसार दुर्घटना कल्ला कहर क्षेत्रमा भएको हो । सो दुर्घटना हुँदा त्यहाँ पानी परिरहेको थियो ।

तीव्र गतिमा गुडेको बस अर्को लेनमा गएर डिभाइडर पनि भत्काउँदै पल्टिएको थियो ।

गत फागुनमा पनि सोही क्षेत्रमा ठूलो सडक दुर्घटना भएको थियो । जसमा दुईवटा कार ठोक्किए नजिकैको खाल्डोमा खसेका थिए । सो घटनामा १४ जनाको मृत्यु भएको थियो।  

प्रधानमन्त्री शाहबाज सरिफले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : ४३ बजे

रसुवा बाढीपछि प्रधानमन्त्रीले बोलाए विपद्को आपतकालीन बैठक

काठमाडौं– भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाएका छन्

नारायणी नदीको तटीय क्षेत्रमा सतर्क रहन माइकिङ गर्दै प्रहरी

काठमाडौं– रसुवामा आएको बाढीका कारण त्रिसुली हुँदै नारायणी नदीको बहाव

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

काठमाडौं– रसुवा जिल्लामा आएको आकस्मिक बाढीका कारण जनधनको अपूरणीय क्षति

भोटेकोसी बाढी : खोज तथा उद्धारका लागि सैन्य टोली परिचालन

काठमाडौं– भोटेकोसीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा विपद् व्यथापनका लागि नेपाली

रसुवा बाढी प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपील

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले रसुवामा अप्रत्यासित र आकस्मिक