राजनीति

एमाले अध्यक्ष ओली र रेशम चौधरीबीच भेटवार्ता

By खबरहब

June 19, 2023

काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीबीच भेटवार्ता भएको छ । ओलीलाई भेट्न चौधरी आज विहान बालकोट पुगेका थिए ।

भेटका क्रममा उनीहरूबीच समसामयिक राजनीतिका विषयमा कुराकानी भएको थियो । जेलमा रहँदा ज्याकेट र जुत्ता पठाइदिएकोमा चौधरीले ओलीलाई धन्यवादसमेत दिएका थिए । 

एमाले अध्यक्ष ओलीले टीकापुर घटनामा रेशमलाई अन्याय भएको बताएको रेशमको भनाइ छ । 

सो क्रममा ओलीले आफू जेल बसेका कुरा पनि रेशमसँग स्मरण गरेका थिए । उनले न्यायका लागि लड्दा आफू कसरी जेल परेको र जेलमा के–कस्ता यातना दिएको थियो भन्ने कुरा स्मरण गरेको चौधरीले बताए । 

गणतन्त्र दिवसमा राष्ट्रपतिबाट आममाफी पाएर रिहाइ भएका चौधरीले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई लगायतसँग भेटघाट गरेका थिए ।