रामपुर अस्पताललाई डायलासियस मेसिन हस्तान्तरण | Khabarhub Khabarhub

रामपुर अस्पताललाई डायलासियस मेसिन हस्तान्तरण


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

रामपुर– रामपुर अस्पताललाई डायलासियस मेसिन प्राप्त भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाबाट अस्पताललाई पाँचवटा डायलासियस मेसिन प्रदान गरिएको हो । 

पचास शय्याको अस्पताल रहेको यस अस्पतालको आवश्यकतालाई दृष्टिगत गर्दै स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाले पाँचवटा डायलासियस मेसिन र एकसेट आरओ प्लान्टसहित अठहत्तर लाख ७३ हजार पाँच सय ९९ बराबरको सामग्री प्रदान गरेको छ ।

महाशाखाको कार्यालय टेकु काठमाडौँबाट महाशाखा प्रमुख डा सर्वेश शर्माले आइतबार रामपुर नगरपालिकाका प्रमुख रमणबहादुर थापा, अन्तर्राष्ट्रिय बीपी चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल र मेडिकल सुपरिटेन्डेण्ट डा विजय परियारलाई हस्तान्तरण गरे ।

पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुर (नवलपरासी सुस्ता पूर्व) का बासिन्दाले सेवा लिने ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल रहेको छ । कालीगण्डकी करिडोरसँग जोडिएकाले पछिल्लो समय यस अस्पतालमा बिरामीको चाप बढ्दो छ । बिरामीलाई स्वास्थ्योपचारमा सहज सेवा दिन र डायलासिस गर्ने बिरामीलाई रामपुर अस्पतालबाटै सेवा उपलब्ध गराउन मागका आधारमा सामग्री उपलब्ध भएको अस्पताल विकास समितिका अध्यक्ष ढकालले बताए ।

रामपुरमा नै डायलासिसको सुविधा नहुँदा बिरामीले चितवनको भरतपुर, बुटवल, पोखरा, काठमाडौँ लगायतका सहरमा पुगेर सेवा लिँदै आइरहेका थिए । कतिपय सो ठाउँमा पुगेर सेवा लिन आर्थिक अभावमा नसकेर घरमै रोग पालेर बस्न बाध्य थिए । कालीगण्डकी करिडोरले ठूला सहरसँग जोडेको रामपुर प्रमुख नाकाको केन्द्र भागका रुपमा विकास हुँदै गएको अवस्थामा रामपुर अस्पतालमा बिरामीको चाप दैनिक बढ्दै गएको हुँदा यस अस्पताललाई ट्रमा सेन्टरका रुपमा विकास गरिनुपर्ने नगर प्रमुख थापा बताउँछन् ।

‘अस्पतालको सेवा क्षेत्र ठूलो रहेको हुँदा स्वास्थ्य सेवालाई प्रभावकारी बनाउनेछौँ, अस्पतालमा थप आवश्यक पर्ने उपकरण तथा सामग्री व्यवस्थापनमा नगर सरकारले सहयोग गर्नेछ’, उनले भने । हाल यस अस्पतालमा दैनिक तीन सय ५० भन्दा बढी बिरामीले सेवा लिँदै आइरहेका छन् । अस्पतालको नयाँ भवन निर्माण सम्पन्न भई सेवा सञ्चालन भएपछि भौतिक पूर्वाधारमा समस्या छैन । 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १ : ४६ बजे

जनार्दनलाई प्रचण्डको जवाफ- सिँगौरी खेल्न दिएकै छु, जति मन लाग्छ खेल्दै बस्‍नुस्

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ३६ वर्षसम्म

दुई आयोगबीच सहयोग, समन्वय र सहकार्य हुने

काठमाडौं– बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र राष्ट्रिय मानव अधिकार

एनसेल सधैँ अन रिन्युअल : विद्यार्थीलाई अनलिमिटेड फेसबुक, टिकटक र युट्युब पनि

काठमाडौं– एनसेलले विद्यार्थीका लागि ‘सधैँ अन रिन्युअल’ प्लानहरू सञ्चालनमा ल्याएको छ

गड्डाचौकी भन्सारबाट निर्यात शून्य

दोधारा चाँदनी– कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य रहेको छ

सीजीले ल्यायो प्रि–अटोशो अफर : एक्सपेङ किन्दा ८ लाखसम्म बचत

काठमाडौं– नेपालमा एक्सपेङ इलेक्ट्रिक सवारीसाधनको आधिकारिक वितरक सीजी मोटर्सले प्रि-अटोशो