कतार र युएईबीच कूटनीतिक सम्बन्ध पुनःस्थापित « Khabarhub

कतार र युएईबीच कूटनीतिक सम्बन्ध पुनःस्थापित


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

अबुधाबी/दोहा- कतार र संयुक्त अरब इमिरेट्स यूएईले आफ्नो कूटनीतिक प्रतिनिधित्व पुनःस्थापित गर्ने घोषणा गरेका छन् ।

अबुधाबीस्थित कतारी दूतावास र दुबईस्थित कतारी माहावाणिज्य दूतावास र दोहास्थित यूएईको दूतावास सोमबारदेखि खुल्दैछन् ।

कतार न्यूज एजेन्सीका अनुसार दुवै पक्षले यो महत्वपूर्ण कदमले दुवै देशका नेतृत्वको दृढतालाई प्रतिबिम्बित गर्नुका साथै नेताहरुको पहलको प्रगतिमा योगदान पुर्‍याउँदै दुई अरब मुलुकको भ्रातृ आकाङ्क्षा पूरा गर्न योगदान पुर्‍याउने कुरामा जोड दिएका छन् ।

सन् २०१७ को जुनमा आतङ्कवादलाई सहयोग पुर्‍याएको र क्षेत्रीयस्तरमा अस्तिरता निम्त्याएको भन्दै साउदी अरब, युएई, बहराइन र इजिप्टले कतारसँगको कूटनीतिक सम्बन्ध तोड्ने घोषणा गरेका थिए । कतारले भने यी आरोपको खण्डन गर्दै आएको थियो ।

यद्यपि, सन् २०२१ मा साउदी अरबलगायतका खाडी मुलुकले अल–उलामा भएको ४१औँ खाडी सहकार्य परिषद् शिखर सम्मेलनका क्रममा कतारसँग कूटनीतिक सम्बन्ध पुनः स्थापनाको घोषणा गरेका थिए ।

तर, कतिपय विषयमा सहमति जुट्न नसक्दा यी देश र कतारबीच पूर्ण सामान्यीकरणको प्रक्रियामा ढिलाइ भएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : ४८ बजे

संस्कृति संरक्षणमा थारू समुदायका युवापुस्ता अग्रसर 

दाङ– दाङमा पछिल्लो समय थारू जातिको कला, संस्कृति संरक्षणमा नयाँ

गोल्डेन ग्लोबसँगै अवार्ड सिजनको सुरुवात : लियोनार्डोको फिल्मको वर्चस्व

काठमाडौं – विश्वभर प्रतिक्षा गरिने अवार्ड सिजनको औपचारिक सुरुवात ८३औँ

‘हांगोर’ले बंगलादेशमा चासोको कलाकार बनेका नेपाली नायक प्रमोद अग्रहरी !

काठमाडौं – नायक प्रमोद अग्रहरीले गत बिहीबार एक फिल्मको टिजर

ग्वलाबारी सामुदायिक वनमा आश्रयस्थल निर्माण

कञ्चनपुर– कृष्णपुर नगरपालिका–२ स्थित ग्वलाबारी सामुदायिक वन पछिल्लो समय वन

भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण

भोजपुर– महिलालाई उद्यमशीलतामा जोड्दै आर्थिक रूपमा आत्मनिर्भर बनाउने उद्देश्यले टेम्केमैयुङ