हुम्लामा जीप दुर्घटना हुँदा घाइते चालकको मृत्यु « Khabarhub

हुम्लामा जीप दुर्घटना हुँदा घाइते चालकको मृत्यु


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–२ स्थित च्याछरा भीरबाट जिप खस्दा घाइते भएका चालकको मृत्यु भएको छ । धनुषाको शान्तिपुर-२ घर भएका घाइते चालक २५ वर्षीय राजेश हेन्जन तामाङको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो । 

हुम्ला सदरमुकाम सिमकोटबाट हिल्सातर्फ जाँदै गरेको कर्णाली प्रदेश ०३-१-०२२ च ५१२५ नम्बरको जिप आज च्याछरास्थित कर्णाली नदीमा खसेको थियो ।

 प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार जिपमा सवार १२ यात्रु सकुशल रहेका छन् । उकालो सडकमा ती सबै यात्रु जिपबाट बाहिर निस्किएका कारण बाँच्न सफल भएका बताइएको छ । 

जिप खस्नै लाग्दा चालक तामाङले हाम फालेका थिए । सो क्रममा उनी सख्त घाइते भएका थिए । 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : ५२ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका