डढेलोले बैतडीमा तीन सय हेक्टर वन क्षेत्र सखाप « Khabarhub

डढेलोले बैतडीमा तीन सय हेक्टर वन क्षेत्र सखाप


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैतडी– डढेलोका कारण यो वर्ष बैतडीको तीन सय हेक्टर वन क्षेत्र सखाप भएको छ । यहाँका २० भन्दाबढी सामुदायिक वनमा लागेको डढेलोका कारण तीन सय हेक्टर वन क्षेत्र सखाप भएको हो ।  

सामुदायिक वनमा डढेलो लागेका कारण लाखौँका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तुसमेत प्रभावित भएका डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । मानवबस्ती आसपासका सल्लेरी वन क्षेत्रमा डढेलो बढी लाग्ने गरेको छ । स्थानीय उपभोक्ताको लापरवाहीकै कारण बढीजसो आगलागीका घटना हुने गरेका छन् । उनले भने, ‘वनमा घाँस पलाउँछ भन्ने गलत मानसिकताका कारण पनि वनमा डढेलो लगाउने गरेका छन्, यसले लाखौँका वन सम्पदा जलेर नष्ट हुनुका साथै वन्यजन्तु प्रभावितका साथै मर्नेसमेत गरेका छन् ।’

जिल्लाको सिँगास गाउँपालिका क्षेत्रका सामुदायिक वनमा बढी डढेलो लागेको छ । सिँगासका आठ वटा सामुदायिक वनको दुई सय ९६ हेक्टर क्षेत्रमा डढेलो लागेको डिभिजन वन कार्यालयले जनाएको छ । सिँगासको घट्टे सामुदायिक वन, सिँगास भूमिराज सामुदायिक वन, सिँगास बोटविरुवा सामुदायिक वन, धुरा सामुदायिक, उदयदेव सामुदायिक वन, महादेव सामुदायिक वन, सिँगास साँगडा सामुदायिक वन र खेती सामुदायिक वनमा डढेलो लागेको हो ।

पाटन नगरपालिका अन्तर्गतका उदयदेव, दहवयाला, ठूलीखाली र महारुद्र सामुदायिक वनमा गरी २२ हेक्टर, मेलौलीको गोपेश्वर दन्नी, अमरगढी र महादेव सामुदायिक वन गरी १६ हेक्टर, दशरथचन्द नगरपालिकाको रामपातल र श्री केदार सामुदायिक वन गरी २ दशमलव ५, पुर्चौंडी नगरपालिका र दोगडाकेदार गाउँपालिकामा तीन-तीन हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ ।

डढेलो नियन्त्रणका लागि विभिन्न जनचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको भए पनि सामुदायिक वनमा आगलागीका घटनामा कमी आउन नसकेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए । डिभिजन वन कार्यालयमार्फत डढेलो नियन्त्रणसम्बन्धी विद्यालय शिक्षासँगै स्थानीय तहका प्रतिनिधिसँग बेलाबेला छलफल र अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने गरेको छ । उनले भने, ‘वन डढेलो नियन्त्रणका लागि वन कार्यालय जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ । यसमा स्थानीय सरकारको पनि ध्यान जान सकेका छैन् ।’

लामो समयसम्म पानी नपर्दा सुक्खापन बढेका कारण यो वर्ष अन्य वर्षको तुलनामा डढेलोको जोखिम बढी भएको हो । सामुदायिक वनको कार्ययोजनामा वन डढेलो कसरी नियन्त्रण गर्ने भन्ने कुरा उल्लेख भए पनि त्यसको कार्यान्वयन भने हुन नसकेको कँडेलको भनाइ छ । सामुदायिक वनले आफ्नो कार्ययोजनाअनुसार काम नगर्ने र उपभोक्ताले पनि क्षणिक फाइदाका लागि वनमा आगो लगाउने गरेकाले वन डढेलोको जोखिम बढी हुने गरेको डिभिजन वन कार्यालय बैतडीले जनाएको छ । 

डढेलोका कारण लाखौँका वनसम्पदा, वन्यजन्तु नष्ट हुने, मानवीय क्षति सँगै वातावरणमा प्रभाव पर्ने भए पनि डढेलो नियन्त्रणका विषयमा समुदायस्तरमा चेतनाको कमी रहेको कँडेलले बताएका छन् । 

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  २ : ५९ बजे

ट्रम्प र इरान : वार्ता र चेतावनी

पेरिस– इरानी सर्वोच्च नेता अयातुल्ला अली खामेनीले अमेरिकाले आक्रमण गरे

इनड्राइभद्वारा यात्रु सुरक्षामा जोड, सुरक्षित यात्राका लागि नयाँ सुझाव सार्वजनिक

काठमाडौं– नेपालका प्रमुख शहरी क्षेत्रहरूमा राइड–हेलिङ सेवाको प्रयोग तीव्र गतिमा बढ्दै

कम्बोडिया पठाउने भन्दै लाखौँ रकम ठगी, एक जना पक्राउ

काठमाडौं– काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले कम्बोडिया पठाउने भन्दै

प्राविधिक समस्याका कारण ‘गाजा प्रशासनिक समिति’को प्रवेशमा ढिलाइ

एजेन्सी– प्राविधिक समस्याका कारण रफाह नाका हुँदै गाजाको ‘नवगठित प्रशासनिक

कञ्चनपुरका सीमसार तथा ताल तलैयाको अस्तित्व संकटमा

कञ्चनपुर– जलवायु परिवर्तन, बढ्दो प्रदूषण र मानवीय अतिक्रमणका कारण कञ्चनपुरका