अर्थ समाचार : तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, तीन महिनामै दुई अर्बको नेपाली जुस विदेशियो र एल निनोले खाद्य संकटको जोखिम बढायो « Khabarhub

अर्थ समाचार : तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, तीन महिनामै दुई अर्बको नेपाली जुस विदेशियो र एल निनोले खाद्य संकटको जोखिम बढायो


१७ कार्तिक २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

तीन महिनामै दुई अर्बको नेपाली जुस विदेशियो, भारतमा सबैभन्दा बढी निर्यात

नेपाली जुसको अन्तर्राष्ट्रिय बजारमा भारत प्रमुख गन्तव्य बनेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालबाट २ अर्ब २० करोड रुपैयाँभन्दा बढीको जुस निर्यात हुँदा अधिकांश हिस्सा भारतमा गएको छ ।

भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि असोजसम्मको अवधिमा नेपालले विभिन्न प्रकारका २ करोड २६ लाख ६९ हजार ५७५ लिटर जुस निर्यात गरेको छ । यसबाट २ अर्ब २० करोड ७९ लाख ७६ हजार रुपैयाँ आम्दानी भएको छ ।

निर्यात हुने जुसमध्ये सबैभन्दा ठूलो हिस्सा विभिन्न फलफूलको मिश्रणबाट तयार गरिएको मिक्स जुसको छ । समीक्षा अवधिमा १ अर्ब ४३ करोड १५ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ५७ लाख ५६ हजार ६२४ लिटर मिक्स जुस निर्यात भएको छ ।

मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक

आज सुनको मूल्य बढ्यो : चाँदीको घट्यो

ईयू प्रतिबन्धको जवाफमा युरोपेली वस्तुको आयातमा कडाइ गर्ने रुसी तयारी

विपद प्रभावितलाई करिब १७ लाख रुपैयाँ राहत वितरण

म्याग्दी, पर्वत र बागलुङमा विपद परी आफन्त गुमाएका, प्रभावित स्थानीय तह र समुदायलाई करिब १७ लाख राहत सहयोग गरिएको छ ।

पुनमगर समाज नेपाल र बेलायतको सहकार्यमा सङ्कलन भएको १६ लाख ७४ हजार ३७५ सोमबार बाढीपहिरोमा ज्यान गुमाएका व्यक्तिका परिवार, प्रभावित बस्ती तथा स्थानीय तहका विपद् व्यवस्थापन कोषमा उपलब्ध गराइएको हो ।

म्याग्दीमा बाढीपहिरोमा ज्यान गुमाएका ११ जनाका परिवारलाई जनही २५ हजारका दरले राहत उपलब्ध गराइएको पुनमगर समाजका योगकुमार फगामीले जानकारी दिए ।

मृतकका परिवारलाई वितरण गर्न पुन मगर समाज युकेले दुई लाख २५ हजार र नेपाल पुन मगर समाज केन्द्रले ५० हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

तिहारमा प्लास्टिकका फूलमाला बिक्रीमा रोक, प्राकृतिक फूलका लागि २६ स्थान तोकिए

वैतेश्वरका ७ सडकमा एकैपटक ठेक्का, ८ करोड २० लाख बजेट

अक्टोबरमा एक लाख ३२ हजार विदेशी पर्यटक नेपाल भित्रिए

एल निनोले विश्वभर खाद्य संकटको जोखिम बढायो

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलबार  ७ : १२ बजे

पोखरामाथि आठ विकेटको सानदार जित निकाल्दै लुम्बिनी तालिकाको शीर्षक स्थानमा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा

‘जलवायु नेतृत्व वार्ताको टेबलमा होइन, व्यवहारमा देखिनुपर्छ’

जलवायु संकटको अग्रपङ्क्तिमा रहेको नेपालका लागि जलवायु परिवर्तन अब केवल

मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी 

क्वालालम्पुर – अमेरिकी प्रविधि कम्पनी गुगलले मलेसियाको नेगेरी सेम्बिलान राज्यमा

थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

दमौली– तनहुँको भानु नगरपालिका–७ बसन्तपुरस्थित थानीमाई मन्दिरमा आज ९१ वटा