‘उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?’ « Khabarhub

‘उत्तरगङ्गा जलाशययुक्त परियोजना कता हरायो ?’


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले बागलुङ र पूर्वी रुकुमको सीमानामा पर्ने उत्तरगंगा राखेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० अन्तर्गत सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै उनले प्रस्तुत बजेटबाट उत्तरगंगा जलाशययुक्त परियोजना हराएकाले यसको खोजी गर्न अनुरोध गरेका हुन् ।

 ‘सबैभन्दा सस्तो र भरपर्दो परियोजना भनेर विज्ञले भनेका छन् तर बजेटमा कहिले पनि पर्दैन, किन होला माननीय मन्त्री ज्यू ?’, बागलुङका सांसद पौडेलले प्रश्न गरे , ‘किन यो आयोजना बजेटमा परिरहेको छैन ?’

समयमै उक्त परियोजना निर्माण हुन नसक्दा सो क्षेत्रमा विमानस्थललगायत अन्य भौतिक पूर्वाधार बनाउन नसकिएकातर्फ सरकारको ध्यानाकर्षण गराउँदै उनले यसप्रकारका परियोजनालाई अल्झाई रहने विषयमा सचेत हुनुपर्ने बताए । सांसद पौडेलले कम लागतमा उच्च प्रतिफल दिने अन्य आयोजनालाई पनि अगाडि बढाउन सम्बद्ध मन्त्रालयको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ०४ बजे

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल