बाढी पहिरो पीडितको राहत तथा उद्धारमा सरकार गम्भीर बन्नुपर्छ : नेता महर « Khabarhub

बाढी पहिरो पीडितको राहत तथा उद्धारमा सरकार गम्भीर बन्नुपर्छ : नेता महर


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले बाढी पहिरोबाट सङ्खुवासभाको तुम्लिङटार र ताप्लेजुङको सिदिङ्वा–५ मेहेलेमा ठूलो जनधनको क्षति भएको भन्दै राहत तथा उद्धारमा सरकारको ध्यान पुग्न नसकेको बताएका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्मचारी युनियनले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले असार सुरु भएसँगै बाढी पहिरोको जोखिम बढेको र त्यसको पूर्व तयारीमा सरकार गम्भीर नदेखिएको टिप्पणी गरे ।

‘शनिबार यता परेको अविरल वर्षाका कारण आएको बाढी पहिरोमा परी संखुवासभामा एक जनाको मृत्यु र १८ जनाभन्दा बढी बेपत्ता भएका छन् । मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना छ । सरकारले पीडितको उद्धार तथा राहतमा ध्यान देओस्’ उनले भने ।

शनिबार राति गएको बाढी पहिरोले ताप्लेजुङमा पनि एक जनाको मृत्यु भएको र तीन जना बेपत्ता भएको घटनाले सबैलाई दुःखी बनाएको उनको भनाइ छ ।

‘नेपाली कांग्रेस गठबन्धनको ठूलो दल हो । सरकारको सफलता र असफलतासँग कांग्रेसको पनि सफलता र असफलता जोडिन्छ । त्यसैले जनताको हितमा काम गर्न तदारुकता देखाउन म सरकारसँगै कांग्रेसका मन्त्रीहरूलाई पनि आग्रह गर्छु’ उनी भन्छन् ।

दैविक प्रकोपबाट हुने क्षति रोक्न कांग्रेसले केही गरिदेओस् भन्ने जनचाहना रहेको बताउँदै नेता महरले त्यसतर्फ कांग्रेस सचेत हुनुपर्ने बताए ।

दैविक विपत्ति कतिखेर आउँछ भन्ने थाहा नहुने भएकाले जनतालाई राहत प्रदान गर्नुका साथै उद्धारका लागि सरकार तयारी अवस्थामा रहनुपर्ने उनले औंल्याए । ठूलो धनजनको क्षति हुँदा पनि सरकारको राहत तथा उद्धार सं‌यन्त्र समयमै पुग्न नसक्ने अवस्था देखिन नहुने उनको भनाइ छ ।

‘अहिले त असार सुरुमात्रै भएको छ । पानी नै परेको छैन । सामान्य पानी पर्दा नै यत्रो विपत्ति आइसकेकाले यसबाट सरकारले पाठ सिकेर उच्च सतर्कता अपनाउनुपर्छ’ महरले भने । यसका साथै दैविक विपत्तिमा परेका परिवारलाई स्थानीय र प्रदेश सरकारले पनि उचित राहत प्रदान गर्नुपर्ने र कांग्रेस पार्टीको सम्पूर्ण तागत राहत उद्धार कार्यमा लगाउनसमेत उनले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ४ : ५७ बजे

बोपुङको वासिङ पहिरोः बर्सेनि उठीबास हुँदै आसपासका स्थानीयवासी

खोटाङ, १९ असारः जन्तेढुङ्गा गाउँपालिका-२ बोपुङको वासिङ पहिरोले बर्सेनि स्थानीयवासीलाई

खामेनीको अन्त्येष्टि अघि इरानद्वारा अमेरिकाको आलोचना, कफिनमा ‘रातो झण्डा’ ओढाइयो

काठमाडौँ – इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टिको तयारी

रोनाल्डो र मोड्रिचको तस्बिर राख्दै सन्दीपले लेखे– ‘अन्तिम मिनेटको ड्रामा, उत्कृष्ट खेल’

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछानेले

क्रोएसियालाई हराउँदै पोर्चुगल विश्वकपको अन्तिम १६ मा, अर्को चरणमा स्पेनसँग भिड्ने

काठमाडौँ – इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले

अस्ट्रियालाई ३-० ले हराउँदै स्पेन विश्वकपको अन्तिम १६ मा

काठमाडौँ – मिकेल ओयार्जाबालको दुई गोल र पेड्रो पोरोको उत्कृष्ट