महामन्त्री ढकालको नेतृत्वमा रास्वपाको १७ सदस्यीय कार्यदल गठन « Khabarhub

महामन्त्री ढकालको नेतृत्वमा रास्वपाको १७ सदस्यीय कार्यदल गठन


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी, (रास्वपा) ले पार्टीको नीति, विचार र सिद्धान्तसम्बन्धी दस्तावेजलाई अन्तिम रूप दिन आज १७ सदस्यीय कार्यदल गठन गरेको छ ।

पार्टीका महामन्त्री डा मुकुल ढकालको नेतृत्वमा उक्त कार्यदल बनाइएको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए। उनका अनुसार आन्तरिक छलफलका लागि तयार पारेको दस्तावेजलाई अझै स्पष्ट बनाउन पदाधिकारीसहितको कार्यदल बनाइएको हो । 

उक्त कार्यदलमा पदाधिकारीबाट महामन्त्री डा ढकाल र सहमहामन्त्री बुर्लाकोटी रहेको सो पार्टीले जनाएको छ । अन्य सदस्यबारे निर्णय हुन बाँकी रहेको बुर्लाकोटीले जनाइएको छ । 

उक्त दस्तावेजमाथि पटकपटक छलफल गरेर भदौको मध्यसम्म अन्तिम रुप दिने तयारी रहेका सो पार्टीले जनाएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ६ : ०१ बजे

जेन-जी शहीद सम्झिन गएनन् प्रधानमन्त्री, को को पुगे ?

काठमाडौं– जेन-जी शहीदहरूको सम्झनामा आज देशभर स्मृति दिवस मनाइँदै छ

सामाजिक सञ्जालमा अशिष्‍टता रोक्न एमाले बाँकेको निगरानी, ‘स्क्रिनसट’ राखेर बुलेटिन निकाल्ने

नेपालगन्ज- नेकपा एमाले बाँकेले सामाजिक सञ्जालमा बढ्दै गएको अशिष्ट, अमर्यादित तथा

क्यान्सरमुक्त महानगरको लक्ष्यमा कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले महिलामा हुने पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर

चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ– चेपाङ समुदायले यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । 

सुधन भन्थे : सिंहदरबार त हजारवटा बनाउन सकिन्छ, तर मन्त्री निवासबाहेकका संरचना मर्मतसमेत भएनन्

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको वर्तमान सरकारका शक्तिशाली मन्त्री हुन् सुधन