गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिने | Khabarhub Khabarhub

गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिने


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीका बाह्रवटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा सञ्चालित जोन तथा सुपर जोन कार्यक्रमअन्र्तगत ३२ वटा वडामा क्षेत्र विस्तार गर्न लागेको हो । 

अनुगमन समितिले जिल्लाको चन्द्रकोट गाउँपालिकाअन्र्तगत वडा नं २, ३ र ४, कालीगण्डकीको १ र ४, सत्यवतीको ८, छत्रकोटको १ र २, रुरुक्षेत्रको ४, गुल्मीदरबार गाउँपालिकाको वडा नं १ र रेसुङ्गा नगरपालिकाको वडा नं १४ सहित ११ वटा वडामा सुन्तला जात फलफूलका लागि क्षेत्र विस्तार गरिने भएको हो ।

त्यसैगरी कफी सुपर जोनका लागि कालीगण्डकी गाउँपालिकाको वडा नं ३ र ४ र चन्द्रकोट गाउँपालिकाको वडा नं ६ गरी तीन वटा वडामा कफीको क्षेत्र विस्तार गर्न लागिएको हो । अनुगमन समितिले बाख्रा जोन कार्यक्रमअन्तर्गत मालिकाको वडा नं ५ र ८, मदानेको ४ र ७, इस्माको १ र ३ तथा धुर्कोटको ४ र ५ वडामा बाख्राका लागि क्षेत्र विस्तार गर्ने जनाएको छ । त्यसैगरी, मकै जोन कार्यक्रमअन्तर्गत मुसिकोट नगरपालिकाको २, ३ र ४, चन्द्रकोटको ४, छत्रकोटको ३ र ५ एवं गुल्मीदरबारको वडा नं ३ र ४ लाई मकैको क्षेत्र विस्तारमा राखिएको छ । 

जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिको सिफारिसमा परियोजना व्यवस्थापन एकाइ खुमलटारमा क्षेत्र विस्तारका लागि सिफारिस गरिएको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीकी प्रमुख गङ्गाकुमारी पोखरेलले बताइन् ।  

समितिले गरेको क्षेत्र विस्तारका लागि छनोटका अधारहरूमा सम्बन्धित स्थानीय तहको सिफारिस, प्राविधिक कार्यदलको अध्ययन प्रतिवेदन र परियोजनाबाट अवसर नपाएका व्यक्तिहरूलगायतका मापदण्डहरू बनाइएको जिल्ला परियोजना कार्यान्वयन समन्वय तथा अनुगमन समितिका संयोजक एवं जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोणबहादुर खत्रीले जानकारी दिए ।

परियोजनाद्वारा विगत वर्षमा जिल्लाको बाह्र स्थानीय तहमध्ये मकै जोनमा १८, बाख्रा जोनमा १०, कफी सुपर जोनमा ४२ र सुन्तला जात फलफूलमा २४ गरी ९४ वटा वडामा उक्त कार्यक्रम सञ्चालन हुँदै आएको थियो ।

 क्षेत्र विस्तारका लागि सिफारिस समितिको बैठकमा जिल्लास्थित स्थानीय तहका प्रमुख तथा प्रतिनिधि एवं सरोकारवाला विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता थियो ।  

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ७ : ३२ बजे

महोत्तरीमा ६० प्रतिशत धान रोपाइँ

महोत्तरी– महोत्तरीको धान रोपाइँ साउन तेस्रो सातायता निकै बढेको छ ।

भेटिएनन् रसुवाको बाढीमा बेपत्ता प्रहरी जवान ठाकुर, कुशको शव बनाएर अन्त्येष्टि

रसुवा – गत असार २४ गते बिहान नेपाल-चीन सीमास्थित रसुवागढीमा

निर्देशक र लेखकको जिम्मेवारीसहित ‘मेरी बास्सै’मा फर्किए ‘राजु मास्टर’

काठमाडौं – कलाकार राजु पौडेल ‘राजु मास्टर’ लेखन र निर्देशनको

बूढीगण्डकी आयोजनालाई चाँडो अगाडि बढाउनुपर्छ : मन्त्री खडका

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले बूढीगण्डकी जलविद्युत् आयोजना

अस्ट्रेलियाको सेन्ट्रल कोस्टमा तीजको तयारी, राजनराज शिवाकोटीले नेपाली समुदायलाई नचाउने

सिड्नी, अस्ट्रेलिया- अस्ट्रेलियाको सेन्ट्रल कोस्टमा बसोबास गर्ने नेपाली समुदायले हरितालिका