चीनमा सरकारविरुद्ध व्यापक जनआक्रोश « Khabarhub

चीनमा सरकारविरुद्ध व्यापक जनआक्रोश


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- पछिल्लो एक महिनायता चीनमा सरकार तथा कानून कार्यान्वयन एकाईविरुद्ध व्यापक जनआक्रोश देखिएको छ । सञ्चार माध्यममा आएका अपुष्ट समाचारहरुमा चीनको सिचुवान प्रान्तस्थित नेइजियाङ सहरको डोङ सेङ क्षेत्रमा गत १३ जुनमा प्रदर्शन भएको जनाइएको छ ।

सो क्षेत्रमा ६ जनाको समूहमा गस्ती गर्न आएका स्थानीय अधिकारीहरुले एक व्यापारीलाई कुटपिट गरेपछि आक्रोशित भीडले प्रदर्शन गरेको बताइएको छ ।

स्थानीय अधिकारीहरुले प्रदर्शनकारीलाई शान्ति कायम गर्न आग्रह गरेको तर, स्थितीलाई नियन्त्रण गर्न नसकेपछि ती ६ जनालाई प्रहरीको जिम्मा लगाइएको थियो । उनीहरुलाई हिरासतमा लैजाने बेला प्रदर्शनकारीले ती ६ जनालाई कुटपिट गरेका थिए । उनीहरुलाई सेवाबाट पनि निलम्बित गरिएको छ ।

केही समयअघिमात्रै चीनकै गुईझोउ प्रान्तमा पनि यस्तै घटना भएको थियो । गत मे २३ मा जिमु न्युज नामक अनलाइन मिडियामा काम गर्ने ली नाम गरेका रिपोर्टरमाथि सुरक्षाकर्मीले कुटपिट गरेको खुलासा भएको थियो ।

दुई जना शिक्षकको मृत्यु भएको घटनाबारे अनुसन्धान ती रिपोर्टर हुबेई प्रान्तबाट आएका थिए । ती रिपोर्टरमाथि कुटपिट गर्ने सुरक्षाकर्मी पनि निलम्बित भएका थिए । यस घटनाबाट चीनमा पत्रकारहरुले सामना गर्ने समस्या र कठिनाइबारे बहस सुरु भएको थियो ।

उनीमाथि कुटपिट भएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएका थिए । जिमु न्युजका सम्पादक सु जिङचियाओले आफूहरु लीलाई न्याय मिल्नुपर्ने उल्लेख गरेका छन् ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  १२ : ५८ बजे

रवि बिरामी भएपनि बालेनसँग निरन्तर संवादमा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गैर सांसदलाई पनि मन्त्री

यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा सात जनाको मृत्यु

दुबई – इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण

जनताले दिएको मत परिणामलाई एमालेले सम्मान गर्छ : महासचिव पोखरेल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले

पृथ्वी राजमार्गमा ‘ओभर लोड’ बोक्ने सवारी चालक धमाधम कारबाहीमा

धादिङ – पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित