अफगानिस्तानमा ५ जनामा पोलियो फेला | Khabarhub Khabarhub

अफगानिस्तानमा ५ जनामा पोलियो फेला


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – अफगानिस्तानको पूर्वी नान्गाहार प्रान्तमा पाँच वर्ष मुनिका एक बालकमा पोलियो सङ्क्रमण पत्ता लागेपछि कुल पोलियो सङ्क्रमितको सङ्ख्या पाँच पुगेको संयुक्त राष्ट्रसंघीय बाल कोष (युनिसेफ) अफगानिस्तानले जनाएको छ ।

अफगानिस्तानमा युनिसेफ पोलियो उन्मूलन कार्यक्रमको सञ्चार विभागका प्रमुख कमल शाह सैयदले नान्गार्हार प्रान्तको दुरबाबा जिल्लामा यो सङ्क्रमणको पुष्टि गरेका हुन् ।

‘यो रोग प्रान्तका अन्य भागहरूमा फैलिने डर छ र यसलाई जाँच गर्ने प्रयास भइरहेको छ,’ अधिकारीले भनेका छन् ।

यसअघि प्रदेशका कोट, बातीकोट, नाजियन र बेहसुद जिल्लामा चार जनामा सङ्क्रमण देखिएको थियो ।

अफगानिस्तान र पाकिस्तान विश्वका यस्ता देश हुन् जहाँ जङ्गली पोलियोको सङ्क्रमण अझै पनि छ । प्रतिवेदनका अनुसार अफगानिस्तानमा सन् २०२२ मा पोलियोभाइरसका दुई घटना र सन् २०२१ मा चार घटनाहरू पुष्टि भएका थिए ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ९ : ३९ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास