चिनियाँ कम्युनिष्ट पार्टीभित्र व्यापक भ्रष्टाचार हुने गरेको खुलासा | Khabarhub Khabarhub

चिनियाँ कम्युनिष्ट पार्टीभित्र व्यापक भ्रष्टाचार हुने गरेको खुलासा


४ असार २०८०, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- एक पछि अर्को प्रकरण सार्वजनिक भइरहँदा चिनियाँ सत्ताको मध्यम तथा तल्लो तहमा व्यापक भ्रष्टाचार हुने गरेको देखिएको छ । चिनियाँ सत्ताको तल्लो तथा मध्यम तहका स्वास्थ्य, कानून कार्यान्वयन, शिक्षाजस्ता क्षेत्रमा व्यापक भ्रष्टाचार हुने गरेको बताइन्छ ।

समाचारहरुमा जनाइएअनुसार सत्तारुढ कम्युनिष्ट पार्टीका धेरै नेता तथा पदाधिकारीले आफ्नो राजनीतिक शक्तिलाई निजी फाइदाका लागि दुरुपयोग गर्दै आएका छन् । सन् २०१२ यताका तथ्यांक हेर्दा मात्रै पनि हालसम्म करिब ३० लाख कम्युनिष्ट पार्टीका पदाधिकारी भ्रष्टाचारको प्रकरणमा संलग्न भएको पाइएको छ । उनीहरुमध्ये प्रान्तस्तरका पदाधिकारीहरु र मन्त्रालयस्तरका सयौँ पदाधिकारी पनि छन् ।

चिनियाँ कम्युनिष्ट पार्टीका पदाधिकारीहरु मुख्यगरी दुई किसिमले भ्रष्टाचारमा संलग्न हुने गरेको बताइन्छ । पहिलो, उनीहरुले सरकारी श्रोतबाट आएको पैसालाई आफ्नो निजी खर्चका लागि प्रयोग गर्ने र तथ्यांकमा भने वैध रुपमा खर्च गरिएको देखाउने गरेका छन् ।

अर्कोतर्फ, भ्रष्ट पदाधिकारीहरुले आफ्नो शासनाधिकार भएको क्षेत्रलाई नै ‘माफिया राज्य’ को रुपमा रुपान्तरण गर्ने गरेका छन् । यस्तो अवस्थामा कम्युनिष्ट पदाधिकारीले स्थानीय अपराधिक समूह, व्यापारिक घराना र अन्य अवैध गिरोहहरुसँग साँठगाँठ गर्ने गरेको बताइन्छ ।

हालै सार्वजनिक एक प्रकरणमा गुआङ्शी झुआङ स्वशासित क्षेत्रस्थित पिङ्गुवो नगरको पार्टी समितिका पूर्वसचिव लुओ चेङले अनुशासन र कानूनको गम्भीर उल्लङ्घन गरेको पाइएको छ । चिनियाँ कम्युनिष्ट पार्टीले भ्रष्टाचारजन्य गतिविधिलाई ‘अनुशासन र कानूनको गम्भीर उल्लङ्घन’ को संज्ञा दिने गरेको छ । हाल उनीमाथि अनुसन्धान भइरहेको जनाइएको छ ।

यसबाहेक हुनान प्रान्तको सियाङ्शी टुजिया र मियाओ स्वशासित प्रफेक्चरको स्थायी समितिका सदस्य लिउ जेन्यु पनि यस्तै प्रकरणमा मुछिएका छन् । त्यसैगरी, हुनान प्रान्तकै सियाङ्शी स्वशासित प्रफेक्चर समितिका पूर्वउपसचिव लोङ सिआओहुवा पनि यस्तै प्रकरणमा मुछिएका छन् ।

यसबाहेक पार्टी समितिका पुर्वसचिव दु सिआओझोउ, चीन डुङ्गा संघका पूर्वअध्यक्ष लिउ आईजिए, चिनियाँ एथ्लेटिक संघका अध्यक्ष यू होङचेन पनि यस्तै प्रकरणमा मुछिएका छन् ।

यस्ता भ्रष्टाचार प्रकरणले गर्दा चीनको आर्थिक एवम् राजनीतिक स्थीरतामा नै गम्भीर जोखिम उत्पन्न गरेको विश्लेषकहरु बताउँछन् । घुसखोरी, सार्वजनिक कोषको दुरुपयोग, चोरीजस्ता गतिविधिका कारण चीनको अर्थतन्त्रमा ३ प्रतिशतको नोक्सानी हुने गरेको बताइन्छ ।

त्यसबाहेक भ्रष्टाचारले चीनमा सत्तारुढ कम्युनिष्ट पार्टीको वैधानिकतामा नै प्रश्न उठ्ने र यसले चीनको आर्थिक असन्तुलनलाई थप बढावा दिने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ असार २०८०, सोमबार  ३ : ४१ बजे

माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री

जेन–जी आन्दोलनमा दमनबारे मध्यराति बालेनको स्टाटस : प्रधानमन्त्रीलाई दिए ‘आतङ्कवादी’को संज्ञा

काठमाडाैं – जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता गुरुङ

काठमाडौं – सञ्चार सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा

जेनजी समूहको निष्कर्ष : अराजक समूहले आन्दोलनमा घुसपैठ गरे, हामी रोकिँदैनौँ

काठमाडौं – जेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको आन्दोलन मंगलबार

प्रधानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको