डिजिटल उपकरणबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने ? « Khabarhub

डिजिटल उपकरणबाट बालबालिकालाई कसरी सुरक्षित राख्ने ?

स्क्रिनले बढायो आँखा सम्बन्धी समस्या


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

अहिलेको युगलाई डिजिटल युग भनेर भनिन्छ। अहिले नयाँनयाँ धेरै प्रविधि विकसित भइरहेका छन्। मोबाइल, कम्प्युटर, ल्यापटप, टेलिभिजन, ट्याब्लेट आदि, इन्टरनेटको बढ्दो विकाससँगै यसको प्रयोग गाउँ वा सहर दुबैमा बढ्दो छ। यसले साना बालबालिकालाई पनि बाबुआमाले आफ्नो व्यस्तताको कारणले मोबाइल वा ल्यापटप दिने गरेका हुन्छन्। जसलाई बालबालिकाले घन्टौसम्म एकोहोरो भएर हेर्ने र विभिन्न प्रकारका भिडियो गेमहरू खेल्ने गरेका कारण उनीहरूको सानैदेखि आँखामा समस्या देखा परेको चिकित्सकहरू बताउँछन्। यसले गर्दा बालबालिकामा समस्या दिनप्रतिदिन बढेको छ। यसै विषयमा आधारित रहेर खबरहबका लागि वरिष्ठ आँखा रोग विशेषज्ञ डा. इन्दुप्रसाद ढुङ्गेलसँगको कुराकानीको सम्पादित अंश :

सानै उमेरमा बालबालिकालाई मोबाइल फोन दिँदा कस्तो असर गर्छ ?
बालबालिकालाई लामो समयसम्म मोबाइल फोन चलाउँदा वा चलाउन दिँदा ढिलो निदाउने, निद्रा पातलो हुने र निद्राबाट पटकपटक ब्युँझने समस्या देखा पर्छन्। पछिल्लो समय बालबालिका धेरै मोबाइल फोन चलाउन थालेका छन्। कोभिडको कारणले कतिपय विद्यालयमा अनलाइन कक्षा सञ्चालन भए। त्यसले गर्दा बालबालिका धेरै इलेक्ट्रोनिक डिभाइस चलाउन थाले। त्यो भन्दा अगाडि पनि बालबालिका मोबाइल फोन हेर्दा आँखा बिग्रिएको छ। बच्चामा आँखा पहिचान गर्नु भन्दा अगाडि दृष्टि देख्ने शक्ति कम छ। त्यो हुँदाहुँदै अनलाइन कक्षा लिइयो भने त्यसले झन् असर गर्दछ। त्यसैले स्कुल जानु भन्दा अगाडि वा अनलाइन क्लास लिनु भन्दा अगाडि बच्चाको आँखाको परीक्षण गर्नुपर्दछ। सामान्य भएर चस्मा लगाउँदा ठिक हुन्छ भने लगाउँदा ठिक हुन्छ। धेरै बेरसम्म बिहानदेखि बेलुकासम्म अनलाइन बस्यो भने बच्चाको आँखा रातो हुने, माड्ने हुन्छ। धेरै समय यस्तो भयो भने आँखा बाङ्गो वा टेढो जस्तो देखिने हुन्छ।

बालबालिकालाई इन्टरनेटको सही रूपमा सदुपयोग गराउन अभिभावकले के गर्ने त ?
बालबालिकाको आँखाको हेरचाहको लागि अभिभावकले आफै जानेर ध्यान दिनुपर्दछ। बच्चाको आँखामा भिजन चेक गरेर मोबाइल कम्प्युटर धेरै प्रयोग गर्ने बच्चालाई समयमा नै चस्मा लगाइदिनु पर्दछ। बालबालिकालाई बाहिर तिर घुमाउन लैजाने गर्नुपर्छ। कथा कविता सुनाउने, नयाँ–नयाँ चित्र कोर्न सघाउने, बच्चाजस्तो भएर उनीहरूसँगै खेल्ने, टेलिभिजनमा सन्देश र प्रेरणादायी कार्टुन हेरेर भुलाउने, स्कुलको होमवर्क गराउन सघाउने गर्न सकिन्छ। त्यसैले बालबच्चालाई धेरै लामो समय कोठामा मोबाइल फोनको नजिक मात्र बस्न दिनु हुँदैन।

पढ्न नसक्ने बच्चाले मोबाइल हेर्दा कस्तो असर गर्दछ ?
साना बच्चामा मोबाइल फोन चलाउँदा दैनिक आँखा रातो हुने माड्ने, आँसु आउने समस्या हुन्छ। पछि गएर १२ देखि १५ वर्षपछि पनि उपचार भएन भने आँखाको भिजन लस्ट भएको हुन्छ। त्यो फेरि सुधार हुँदैन। धेरै कम्प्युटर चलाएर बस्ने ठुलो मान्छेमा पनि आधा घण्टा काम गर्दा धेरै असर गर्दैन तर धेरै समय काम गर्ने मान्छेमा कम्प्युटर कति अग्लोमा कति टाढा राख्ने थाहा नै हुँदैन। त्यसले गर्दा आँखा दुखेको जस्तो हुने, रातो हुने, निन्याउरो हुने हुन्छ। त्यसको लागि एक पटक आँखाको भिजन चेक गर्ने, कम्प्युटर कति हाइटमा राख्ने, लाइटकहाँ राख्ने त्यो ध्यान दिनुपर्दछ। प्रत्येक २० मिनेट काम गर्दा आँखा २० सेकेन्ड जति टाढा हेर्ने। समयसमयमा आराम गर्ने, पानी खाने। आँखा ड्राइ छ भने औषधि गर्दा हुन्छ। कम्प्युटर चलाउँदा चस्माको प्रयोग गर्दा राम्रो हुन्छ।

सबै भन्दा पहिला बच्चालाई स्कुलमा भर्ना गर्न लानुभन्दा अघि भिजन परीक्षण गर्नुपर्छ। कसैलाई समस्या छ भने भिजन कम हुन्छ। परिवारले बच्चाको आँखा टेढो छ कि छैन, सेतो दागसँगै आँखा चम्किलो छ छैन त्यो हेर्नुपर्छ। बच्चाको आँखा एउटा आँखा भन्दा अघि आएको छ छैन थाहा भयो भने रोग पत्ता लगाउनुपर्छ।

हामीले कुन उमेरको हो त्यसको आधारमा रुटिन बनाएर भिजन चेक गर्नुपर्छ। चोट पटक लाग्नबाट बच्नु पर्दछ। ४५ वर्ष भन्दामाथि हो भने हरेक वर्ष आँखा जाँच गर्नु पर्दछ। हरियो सागसब्जी खाने, बाहिर तिर हिँड्ने, कोठामा मात्र नबस्ने, धूम्रपान, मद्यपान सेवन गर्नु हुँदैन। यसो गर्दा आँखामा समस्या हुँदैन।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ७ : ०७ बजे

बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका पूर्वपदाधिकारी पक्राउ

काठमाडौं – नेपाल प्रहरीले बालमन्दिर ठगी प्रकरणमा नेपाल बाल सङ्गठनका

सात वटै पालिकामा विशेषज्ञ सेवा विस्तार गर्दै भरतपुर अस्पताल

चितवन – बिरामीको चाप उच्च भएपछि भरतपुर अस्पतालले जिल्लाका सात

रास्वपा सांसद बमको चेतावनी : धैर्यताको परिक्षा लिने कुचेष्टा नगर्नू

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद पुकार बमले सामाजिक

लागुऔषधसहित विभिन्न स्थानबाट २२ जना पक्राउ

काठमाडौं – प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २३ जना

डिएसपी चौधरीलाई जिल्ला तानिएको होइन : प्रवक्ता काफ्ले

काठमाडौं – नेपाल प्रहरीका प्रवक्ता अबिनारायण काफ्लेले प्रहरी नायव उपरीक्षक