बागलुङका सबै वडामा लम्पी स्किनको औषधि र खोप  | Khabarhub Khabarhub

बागलुङका सबै वडामा लम्पी स्किनको औषधि र खोप 


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ ।

दुई हजार नौ सय पशु बिरामी भएकाले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए ।

केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुका लागि खोप पठाएको छ । केन्द्र प्रमुख सापकोटाले नगर प्रमुख वसन्तकुमार श्रेष्ठको उपस्थितिमा पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा र वडा तहका प्राविधिकलाई खोप र औषधि हस्तान्तरण गरे । 

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पशुधन बचाएर किसानको क्षति न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गरे । उनले पशु सेवाका प्राविधिकले रातदिन नभनी काम गरेकोमा प्रशंसा पनि गरे ।

लम्पी स्किन रोगबाट बागलुङका एक सय ६६ गाईको मृत्यु भएको छ । लम्पी स्किन रोग लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १०४ डिग्रीभन्दा बढी ज्वरो आउने भएपछि कतिपय पशुको मृत्यु भएको हो । 

एक दुइवटा गाईगोरु पालेका किसानकोमा भन्दा व्यावसायिक गाई फार्म गरेका किसानका गाईगोरु धेरै बिरामी भएका हुन् । बिरामी पर्ने र मृत्यु हुने पनि अधिकांश उन्नत जातका गाई रहेको सापकोटाले बताए ।

वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक सङ्क्रमण देखिएको थियो। त्यसपछि क्रमशः अन्यत्र फैलिएको हो । पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन् । 

अहिले पनि ढोरपाटन नगरपालिकाका एक हजार दुई सय गाईगोरु बिरामी छन् । निसी खोलाका पाँच सय १३, गलकोट नगरपालिकाका एक सय ४२, बडिगाड गाउँपालिकाका एक सय ८१ र तमानखोलाका एक सय ८९ गाई बिरामी परेका हुन् । सदरमुकाम बागलुङ नगरपालिकामा पनि दुई सय २१ गाई बिरामी छन् ।

सङ्क्रमण बढेपछि स्थानीय तहले केही खोप किनेर लगाएका थिए । भेटेरिनरी अस्पतालले चार हजार पाँच सय डोज खोप पालिका तहमा पठाएको हो । सबैभन्दा धेरै सङ्क्रमण भएको ढोरपाटनमा प्राविधिक अभावमा खोप लगाउन नसकिएको सापकोटाले जानकारी दिए ।  

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ६ : ४५ बजे

लागुऔषध विरुद्धको महाअभियान शुभारम्भ

काठमाडौं – नेपाल प्रहरीले लागुऔषध विरुद्धको महाअभियान कार्यक्रम शुभारम्भ गरेको

सिन्धुलीमा चट्याङ लागेर तीनजना घाइते

सिन्धुली – हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा आज साँझ चट्याङ लागेर तीनजना

पाकिस्तानमा सैन्य कारबाहीमा ६ आतङ्ककारी मारिए

इस्लामावाद – पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तमा सुरक्षा बलहरूसँगको गोली

विद्यालयले अनधिकृत शुल्क लिएको भन्दै अभिभावकको विरोध

रुपन्देही – सरकारले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि

खानेपानीमन्त्री यादव नयाँ दिल्लीमा

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादव भारतको राजधानी नयाँ दिल्ली पुगेका