बागलुङका सबै वडामा लम्पी स्किनको औषधि र खोप  « Khabarhub

बागलुङका सबै वडामा लम्पी स्किनको औषधि र खोप 


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


504
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङका सबै स्थानीय तहका वडा वडामा पशु चौपायालाई लम्पी स्किन रोगबाट बचाउन औषधि र खोप पठाएको छ ।

दुई हजार नौ सय पशु बिरामी भएकाले पालिका तहका प्राविधिकमार्फत खोप र औषधि पठाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख तथा वरिष्ठ पशु चिकित्सक डा. ऋषिराम सापकोटाले बताए ।

केन्द्रले बागलुङ नगरपालिकाका लागि पाँच सय पशुका लागि खोप पठाएको छ । केन्द्र प्रमुख सापकोटाले नगर प्रमुख वसन्तकुमार श्रेष्ठको उपस्थितिमा पशु सेवा शाखाका प्रमुख मित्रलाल सापकोटा र वडा तहका प्राविधिकलाई खोप र औषधि हस्तान्तरण गरे । 

नगरप्रमुख वसन्तकुमार श्रेष्ठले पशुधन बचाएर किसानको क्षति न्यूनीकरणमा लाग्न सबैलाई आग्रह गरे । उनले पशु सेवाका प्राविधिकले रातदिन नभनी काम गरेकोमा प्रशंसा पनि गरे ।

लम्पी स्किन रोगबाट बागलुङका एक सय ६६ गाईको मृत्यु भएको छ । लम्पी स्किन रोग लागेका गाईगोरुको शरीरमा गिर्खा आउने, पाक्ने, रगत र पिप जम्ने तथा १०४ डिग्रीभन्दा बढी ज्वरो आउने भएपछि कतिपय पशुको मृत्यु भएको हो । 

एक दुइवटा गाईगोरु पालेका किसानकोमा भन्दा व्यावसायिक गाई फार्म गरेका किसानका गाईगोरु धेरै बिरामी भएका हुन् । बिरामी पर्ने र मृत्यु हुने पनि अधिकांश उन्नत जातका गाई रहेको सापकोटाले बताए ।

वैशाखमा बागलुङको बडिगाड गाउँपालिकामा पहिलोपटक सङ्क्रमण देखिएको थियो। त्यसपछि क्रमशः अन्यत्र फैलिएको हो । पशु बिरामी हुँदा दूध उत्पादन घटेको छ । मृत्यु भएका पशुको कारण किसानले लाखौँ क्षति व्यहोरेका छन् । 

अहिले पनि ढोरपाटन नगरपालिकाका एक हजार दुई सय गाईगोरु बिरामी छन् । निसी खोलाका पाँच सय १३, गलकोट नगरपालिकाका एक सय ४२, बडिगाड गाउँपालिकाका एक सय ८१ र तमानखोलाका एक सय ८९ गाई बिरामी परेका हुन् । सदरमुकाम बागलुङ नगरपालिकामा पनि दुई सय २१ गाई बिरामी छन् ।

सङ्क्रमण बढेपछि स्थानीय तहले केही खोप किनेर लगाएका थिए । भेटेरिनरी अस्पतालले चार हजार पाँच सय डोज खोप पालिका तहमा पठाएको हो । सबैभन्दा धेरै सङ्क्रमण भएको ढोरपाटनमा प्राविधिक अभावमा खोप लगाउन नसकिएको सापकोटाले जानकारी दिए ।  

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ६ : ४५ बजे

नागरिकको व्यक्तिगत स्वास्थ्य खर्च घटाउने लक्ष्यसहित सुधारका कार्यक्रम अघि बढाइने

काठमाडौं– सरकारले नागरिकले स्वास्थ्य उपचारमा व्यहोर्नुपर्ने व्यक्तिगत खर्च घटाउँदै स्वास्थ्य

धर्नामा बसेकाको स्वास्थ्य र सुरक्षाको व्यवस्था गर्न सरकारसँग आयोगको आग्रह

काठमाडौं– राष्ट्रिय मानवअधिकार आयोगले पाँच दिनदेखि धर्नामा रहेका बैंक, लघुवित्त,

चार दिने भ्रमण सकेर फर्किए भारतीय सेना प्रमुख सेठ, के के भयो उपलब्धि ?

काठमाडौं- भारतीय स्थल सेनाका प्रमुख (सीओएएस) जनरल धीरज सेठ चारदिने

कर्णालीका मुख्यमन्त्री शाहीले पाए विश्वासको मत

कर्णाली– कर्णाली प्रदेशका मुख्यमन्त्री मंगलबहादुर शाहीले विश्वासको मत प्राप्त गरेका

इरानसँग तत्काल वार्ताको कुनै योजना छैन : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग तत्काल वार्ता वा छलफल गर्ने