४२ करोडभन्दा बढी विकासे बजेट ‘फ्रिज’ « Khabarhub

४२ करोडभन्दा बढी विकासे बजेट ‘फ्रिज’


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

खलङ्गा– दार्चुलाका नौ स्थानीय तहको ४२ करोडभन्दा बढी विकासे बजेट ‘फ्रिज’ भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहमा सङ्घ र प्रदेशबाट प्राप्त विकासे बजेटमध्ये रु ४२ करोड १४ लाख ३१ हजार चार सय ६४ रुपैयाँ ‘फ्रिज’ भएको हो । 

संघीय सरकारबाट ससर्त अनुदान, समपूरक अनुदान र विशेष अनुदान शीर्षकबाट प्राप्त रकम र प्रदेश सरकारबाट समपूरक अनुदान र विशेष अनुदान शीर्षकबाट प्राप्त विकासे बजेटको रु तीन अर्ब ५७ करोड ९४ लाख ३० हजार छ सय ३४ रुपैयाँमध्ये ४२ करोड १४ लाख ३१ हजार चार सय ६४ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक जगन्नाथ भट्टले जानकारी दिएका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिकामा सङ्घीय सरकारबाट प्राप्त ४९ करोड ८३ लाख एक हजार तथा प्रदेश सरकारबाट प्राप्त रु दुई करोड १० लाख ७२ हजारमध्ये रु आठ करोड १८ लाख १७ हजार आठ सय ५३  विकासे बजेट पनि फिर्ता गएको छ  ।

यस्तै महाकाली नगरपालिकामा संघीय र प्रदेश सरकारबाट प्राप्त कूल विकासे बजेट रु ५१ करोड ८२ लाख ३२ हजार पाँच सय ७४ मध्ये रु पाँच करोड ८८ लाख ८३ हजार एक सय ४५ रुपैयाँ फिर्ता गएको छ छ । ब्याँस गाउँपालिकाका लागि प्राप्त रु ३५ करोड ९५ लाख १८ हजारमध्ये रु करोड २६ लाख ८३ हजार पाँच सय ८१ फिर्ता गएको छ भने नौगाड गाउँपालिकालाई प्राप्त रु ३७ करोड ४१ लख ४३ हजार सात सय ६० मध्ये दुई करोड ७८ लाख दुई हजार आठ सय ९५ खर्च हुन नसकी फिर्ता गएको छ । यसैगरी मार्मा गाउँपालिकालाई प्राप्त रु ३८ करोड ९७ लाख ३२ हजार नौ सयमध्ये रु तीन करोड ३७ लाख ४२ हजार सात सय ७३ फिर्ता गएको कोष तथा लेखा नियन्त्रक भट्टले बताए ।

जिल्लाको दुहुँ गाउँपालिकाका लागि प्राप्त रु ३० करोड ९७ लाख ७० हजार पाँच सयमध्ये चार करोड ६८ लाख ९५ हजार तीन सय ६५ फिर्ता गएको छ भने अपी हिमाल गाउँपालिकाका लागि प्राप्त रु २६ करोड ३५ लाख ७३ हजार दुई सयमध्ये तीन करोड दुई लाख छ हजार चार सय ३०  फिर्ता गएको छ । लेकम गाउँपालिकाका लागि प्राप्त रु ३५ करोड ९४ लाख ४९ मध्ये रु चार करोड ५८ लाख ९३ हजार पाँच सय २७ फिर्ता गएको छ । 

विकासे बजेट रकम फिर्ता जानुमा समयमै निकासा नआउनु, योजनाहरू कार्यान्वयन नहुनुलगायत कारणहरू रहेको शैलशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बिष्टले बताए ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  २ : ३२ बजे

१३ क्षेत्रमा अझै पुगेका कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा