स्वच्छ खानेपानीका लागि फिल्टर वितरण | Khabarhub Khabarhub

स्वच्छ खानेपानीका लागि फिल्टर वितरण


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

गोरखा– गोरखाको भीमसेन थापा गाउँपालिकाको दुईवटा वडावासीलाई स्वच्छ खानेपानीका लागि फिल्टर वितरण गरिएको छ । 

वडा नं ७ र ८ स्थित पिपलटारका ९३ घरपरिवारलाई स्वच्छ खानेपानी उपलब्ध गराउन फिल्टर वितरण गरिएको वडा नं ७ का वडाध्यक्ष विष्णुकुमार श्रेष्ठले जानकारी दिए । ‘मूलबाट ल्याइएको पानी त्यत्तिकै पिउनुभन्दा फिल्टर गरेर पिउँदा बढी फाइदा हुन्छ, उनले भने, ‘त्यसका लागि आवश्यक पहल गरी वाइन टु वाटर नेपालको आर्थिक सहयोगमा स्थानीयवासीलाई निःशुल्क फिल्टर वितरण गरिएको हो ।’

फिल्टर वितरण भएसँगै पिपलटार क्षेत्रका प्रत्येक घरधुरी, विद्यालय र वडा कार्यालयलगायत विभिन्न सङ्घ संस्थामा सुरक्षित खानेपानीको सुनिश्चितता भएको स्थानीय मिलनसार युवा क्लबका अध्यक्ष नवीन श्रेष्ठले बताएका छन् । 

पिपलटार क्षेत्रमा ‘एक घर, एक धारा’ कार्यक्रम कार्यान्वयनमा आएपछि खानेपानीका  लागि पिपलटारमा ‘एक घर, एक फिल्टर’ कार्यक्रम लागू गरी प्रत्येक घरलाई  फिल्टर निःशुल्क वितरण गरिएको उनको भनाइ थियो । वडा कार्यालय र क्लबको पहलमा निःशुल्क फिल्टर पाएपछि स्थानीयवासी खसी भएका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ५ : १५ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ