रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता « Khabarhub

रोल्पामा ५६ करोडभन्दा बढी विकास बजेट फिर्ता


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

रोल्पा– रोल्पामा सङ्घ र प्रदेशबाट प्राप्त पूँजीगत बजेटमध्ये ठूलो हिस्सा खर्च हुन नसकी फिर्ता गएको छ । जिल्लाको पूँजीगत विकासका लागि आएको रकममध्ये रू ५६ करोड १५ लाख ९० हजार बजेट खर्च हुन नसकेर फिर्ता गएको हो ।

जिल्लामा सङ्घतर्फ रू ८३ करोड २३ लाख ४३ हजार र प्रदेशतर्फ रू एक अर्ब ३२ करोड ८४ लाख १८ हजार गरी कूल रू दुई अर्ब १६ करोड सात लाख ६१ हजार बजेट प्राप्त भएको थियो । 

प्राप्त बजेटमध्ये सङ्घतर्फ रू ५७ करोड ७४ लाख ७७ हजार र प्रदेशतर्फ रू एक अर्ब दुई करोड १६ लाख ८३ हजार गरी कूल रू एक अर्ब ५९ करोड ९१ लाख ७० हजार खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालय रोल्पाका सूचना अधिकारी हेमन्तराज आचार्यले जानकारी दिए। उनका अनुसार खर्च हुन नसकेर फिर्ता गएको बजेटमध्ये सङ्घको रू २५ करोड ४८ लाख ५५ हजार र प्रदेशको रू ३० करोड ६७ लाख ३४ हजार रहेको छ । उक्त रकम कूल बजेटको करिब २६ प्रतिशत हो ।  

जिल्लामा सङ्घतर्फ रू पाँच अर्ब ८३ करोड २६ लाख ९० हजार र प्रदेशतर्फ रू ७९ करोड ७३ लाख ४५ हजार गरी चालुतर्फ रू छ अर्ब ६३ करोड ३५ हजार प्राप्त भएको थियो । चालुतर्फ प्राप्त बजेटमध्ये सङ्घको रू पाँच अर्ब ४० करोड २२ लाख नौ हजार र प्रदेशतर्फ रू ६२ करोड ७४ लाख ४४ हजार गरी कूल रू छ अर्ब दुई करोड ९६ लाख ५४ हजार खर्च भएको छ । 

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ३ : २८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्