सीता दाहालको निधनप्रति ६ किसान संगठनद्वारा दु:ख व्यक्त « Khabarhub

सीता दाहालको निधनप्रति ६ किसान संगठनद्वारा दु:ख व्यक्त


३ श्रावण २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कम्युनिष्ट पार्टी निकट छ किसान संगठनले संगठनले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधनप्रति दुःख व्यक्त गर्दै संयुक्त शोक वक्तव्य जारी गरेका छन् ।

२०११ साल असार २१ गते कास्कीको हेम्जमा जन्मेकी दाहालको निधनप्रति ६ किसान संगठनहरूले संयुक्त शोक वक्तव्य निकालेका हुन् ।

चित्रबहादुर श्रेष्ठ नेतृत्वको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी), बलराम बास्कोटा नेतृत्वको अखिल नेपाल किसान महासंघ, भैरवराज रेग्मी नेतृत्वको अखिल नेपाल किसान महासंघ आप्फा, सीताराम तामाङ नेतृत्वको अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) लोकनारायण सुवेदी नेतृत्वको अखिल नेपाल किसान युनियन र दुर्गाप्रसाद जैसी नेतृत्वको अखिल नेपाल प्रगतिशील किसान संघले विज्ञप्ति निकाल्दै सीता दाहालको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

उनीहरुले सीता दाहालप्रति श्रद्धाञ्जली अर्पण गर्दै प्रधानमन्त्री प्रचण्डप्रति समवेदना प्रकट गरेका छन् ।

प्रकाशित मिति : ३ श्रावण २०८०, बुधबार  ८ : ३७ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक