‘गदर २’ को कमाइमा उछाल, ६ दिनमा भारु २ अर्ब ६१ करोडकाे आम्दानी | Khabarhub Khabarhub

‘गदर २’ को कमाइमा उछाल, ६ दिनमा भारु २ अर्ब ६१ करोडकाे आम्दानी


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड चलचित्र ‘गदर २’ले यतिबेला कमाइमा राम्रो उछाल ल्याएको छ । भारतीय बक्स अफिसमा मात्र ६ दिनमा चलचित्रको कुल कमाइ २ अर्ब ६१ करोड ३५ लाख भारु पुगेको छ । 

यो कमाइसँगै ‘गदर २’ शाहरुख खानको ‘पठान’पछि सन् २०२३ मा दोस्रो धेरै कमाउने हिन्दी चलचित्र बनेको छ । फिल्मले ‘द केरला स्टोरी’को लाइफटाइम कलेक्सनलाई उछिनेको छ ।

अक्षयकुमारको ‘ओह माइ गड २’ ले बुधबार ७ करोड २० लाख भारु कलेक्सन गर्‍यो । फिल्मको कुल कमाइ ७९ करोड ४७ लाख भारु पुगेको छ । ६ दिनमै ‘गदर २’ आम्दानीका हिसाबले वर्षकै दोस्रो ठूलो हिन्दी फिल्म बनेको छ ।

शाहरुख खानको फिल्म पठान ५४३.०५ करोड भारुले अगाडि छ । यो वर्ष ‘द केरला स्टोरी’जस्ता सानो बजेटका फिल्मले राम्रो व्यापार गर्‍यो । फिल्म २३८ करोड भारु कमाइसहित दोस्रो स्थानमा रह्यो । 

‘गदर २’ रिलिज भएको एक साता पनि भइसकेको छैन, यसले यो वर्षका धेरै ठूला फिल्मलाई पछि पारेको छ । ‘गदर २’ विदेशमा पनि राम्रो चलिरहेको छ ।

इन्डस्ट्री ट्रयाकर स्याकलिंकका अनुसार फिल्मको ओभरसिज कलेक्सन २८ करोड भारु छ । यसअनुसार बुधबार गदर २ को विश्वव्यापी संकलन २९८.२ करोड भारु पुगेको छ ।

सामाजिक सञ्जालका केही ट्रेड विज्ञले ‘गदर २’ ले ‘पठान’को जीवनभरको कलेक्सनलाई हराउन सक्ने बताएका छन् । फिल्मले जुन गतिमा कमाइ गरिरहेको छ, त्यो पनि सम्भव देखिन्छ ।

विशेष कुरा के छ भने पठान सोलो रिलिज भएको हो । यसबाहेक यसको स्क्रिन काउन्ट पनि गदर २ भन्दा बढी थियो । यति हुँदाहुँदै पनि गदर २ पठानको कमाइ नजिक पुग्यो भने त्यो आफैंमा ऐतिहासिक हुनेछ । 

‘ओएमजी २’ पनि बिस्तारै १०० करोड क्लबमा सामेल हुने बाटोमा छ । अक्षय कुमारको लागि यो राहत हुनेछ । उनको अघिल्लो फिल्म ‘सेल्फी’ असफल रह्यो । यस्तो अवस्थामा उनले ओएमजी २ बाट धेरै अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ११ : ५९ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र