‘गदर २’ को कमाइमा उछाल, ६ दिनमा भारु २ अर्ब ६१ करोडकाे आम्दानी « Khabarhub

‘गदर २’ को कमाइमा उछाल, ६ दिनमा भारु २ अर्ब ६१ करोडकाे आम्दानी


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड चलचित्र ‘गदर २’ले यतिबेला कमाइमा राम्रो उछाल ल्याएको छ । भारतीय बक्स अफिसमा मात्र ६ दिनमा चलचित्रको कुल कमाइ २ अर्ब ६१ करोड ३५ लाख भारु पुगेको छ । 

यो कमाइसँगै ‘गदर २’ शाहरुख खानको ‘पठान’पछि सन् २०२३ मा दोस्रो धेरै कमाउने हिन्दी चलचित्र बनेको छ । फिल्मले ‘द केरला स्टोरी’को लाइफटाइम कलेक्सनलाई उछिनेको छ ।

अक्षयकुमारको ‘ओह माइ गड २’ ले बुधबार ७ करोड २० लाख भारु कलेक्सन गर्‍यो । फिल्मको कुल कमाइ ७९ करोड ४७ लाख भारु पुगेको छ । ६ दिनमै ‘गदर २’ आम्दानीका हिसाबले वर्षकै दोस्रो ठूलो हिन्दी फिल्म बनेको छ ।

शाहरुख खानको फिल्म पठान ५४३.०५ करोड भारुले अगाडि छ । यो वर्ष ‘द केरला स्टोरी’जस्ता सानो बजेटका फिल्मले राम्रो व्यापार गर्‍यो । फिल्म २३८ करोड भारु कमाइसहित दोस्रो स्थानमा रह्यो । 

‘गदर २’ रिलिज भएको एक साता पनि भइसकेको छैन, यसले यो वर्षका धेरै ठूला फिल्मलाई पछि पारेको छ । ‘गदर २’ विदेशमा पनि राम्रो चलिरहेको छ ।

इन्डस्ट्री ट्रयाकर स्याकलिंकका अनुसार फिल्मको ओभरसिज कलेक्सन २८ करोड भारु छ । यसअनुसार बुधबार गदर २ को विश्वव्यापी संकलन २९८.२ करोड भारु पुगेको छ ।

सामाजिक सञ्जालका केही ट्रेड विज्ञले ‘गदर २’ ले ‘पठान’को जीवनभरको कलेक्सनलाई हराउन सक्ने बताएका छन् । फिल्मले जुन गतिमा कमाइ गरिरहेको छ, त्यो पनि सम्भव देखिन्छ ।

विशेष कुरा के छ भने पठान सोलो रिलिज भएको हो । यसबाहेक यसको स्क्रिन काउन्ट पनि गदर २ भन्दा बढी थियो । यति हुँदाहुँदै पनि गदर २ पठानको कमाइ नजिक पुग्यो भने त्यो आफैंमा ऐतिहासिक हुनेछ । 

‘ओएमजी २’ पनि बिस्तारै १०० करोड क्लबमा सामेल हुने बाटोमा छ । अक्षय कुमारको लागि यो राहत हुनेछ । उनको अघिल्लो फिल्म ‘सेल्फी’ असफल रह्यो । यस्तो अवस्थामा उनले ओएमजी २ बाट धेरै अपेक्षा गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ११ : ५९ बजे

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा