शनिबार मेलामा उपभोक्ताको आकर्षण बढ्दो « Khabarhub

शनिबार मेलामा उपभोक्ताको आकर्षण बढ्दो


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– उद्योग सङ्घ चितवनले सुरु गरेको शनिबारे मेलामा उपभोक्ताको आकर्षण बढेको छ । सङ्घले सञ्चालन गरेको चितवन प्रदर्शनी केन्द्रमा हरेक शनिबार बिहान मेला हुँदै आएको हो ।

स्थानीय उद्यमीहरूले उत्पादन गरेका उपभोग्य वस्तुको प्रोत्साहन र प्रवर्द्धन गर्न मेला गरिएको हो । मेला प्रत्येक शनिबार बिहान ६ देखि ११ बजेसम्म सञ्चालन हुँदै आएको छ । पाँचौँ शनिबारसम्म आइपुग्दा मेलामा करिब १५ हजारभन्दा बढीले अवलोकन गरेको र रु ३० लाख बढीको कारोबार भएको  सङ्घका अध्यक्ष त्रिलोचन कँडेलले बताए ।

सुरुमा ३९ व्यापारिक कक्षबाट सुरु गरिएको मेलामा आजसम्म आइपुग्दा ६६ कक्ष पुगेको उनले जानकारी दिए। उद्यमीको उत्पादनअनुसार कक्ष सङ्ख्या थपघट हुने र मेलामा उपभोक्ताको आकर्षण बढ्दा सङ्ख्या पनि बढ्दै गएको उनले बताए ।

सङ्घले मेलामा आउने सामानको गुणस्तरमा कमी नआओस् भन्नका लागि स्वास्थ्यको ग्यारेन्टी गरेको उनको भनाइ छ । उनले भने, “फर्मबाट उत्पादन भएको वस्तु भान्सासम्म जाँदा स्वस्थ्यको ग्यारेन्टी गरेका छौँ, जुन कुरा उत्पादकले खान्छ त्यही कुरा यहाँ आएको छ ।” पहाडी क्षेत्रमा उत्पादन हुुने निगालाका टुसादेखि बेँसीको जङ्गलमा फल्ने चिउरी र निउरोसम्म यहाँ बिक्री भएको जनाउँदै उहाँले आर्थिक विपन्न किसानको आर्थिक अवस्था उकास्न मेलाले सहयोग पुगेको बताउँछन् ।

सङ्घका उपाध्यक्ष मदन पोखरेलले सङ्घले स्थानीय उत्पादनको बजारीकरणलाई दृष्टिगत गर्दै शनिबारे मेला राखेको बताए। उनले भने, ‘उपभोक्ताको स्वास्थ्य र उत्पादनको बजारीकरण दुवैलाई ध्यानमा राखेर मेला आयोजना गरेका हौँ ।’ मेला प्रभावकारी बन्दै गएको जनाउँदै उनले थप विस्तार गर्दै लैजाने बताए।

मेलामा महको व्यापारिक कक्ष राखेर बिक्री गर्दै आएका भरतपुरका खेमराज न्यौपानेले यस्ता मेला लाग्नु किसानका लागि ठूलो अवसर भएको बताए । उत्पादक किसानलाई यस्ता खालका मेलामा सहभागी हुन उनको आग्रह छ ।

भरतपुर महानगरपालिका–१२ बाट मेला अवलोकन गर्न आएका प्रमेश भण्डारी यहाँ मेला लाग्दा खुसी छन्। बिदाको दिनमा ‘मर्निङवाक’ गर्दै जैविक उत्पादन मेलामा किन्न पाउँदा स्वास्थ्यका दृष्टिले पनि फाइदा पुग्ने उनको भनाइ छ ।

भरतपुर–१० का रामकृष्ण ढकालले यस्ता खालका मेला लाग्नु राम्रो कुरा भएको बताए। उनले यहाँ आएर परिवारसहित तरकारी लगायतका सामान किनेको र अझ दैनिक उपभोग्य वस्तु पनि मेलामा भए थप प्रभावकारी हुने उनको सुझाव छ ।

भरतपुर–११ का प्रकाश सुवेदीेले यस्ता खालका मेला आफूले विदेशतिर देखेको र यहाँ मेला लाग्दा विदेशको झल्को आएको बताए। उनले यस्ता खालका मेलालाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिँदै आफूले मेला सुरु भएदेखि सधैँ यहाँबाट सामान किनेको जानकारी दिए।

स्वदेशमै उत्पादन भएका दैनिक उपभोग्य वस्तु निउरो, कुरिलो, टुसा, फर्सी जस्ता स्वास्थ्यवद्र्धक तरकारी तथा केरा, चिउरी, भुइँकटहर, ड्रागनफ्रुट लगायतका स्वदेशमै उत्पादित फलफूल, दूध एवं दुग्धजन्य पदार्थ, स्वदेशी कपडा, सेल, खीर, कुराउनी, स्थानीय जनजातिका परिकार, स्थानीय उद्योगबाट उत्पादित वस्तु मेलामा राख्ने गरिएको छ । धेरैजसो प्राङ्गारिक वस्तु पाइने भएकाले स्थानीयको आकर्षण बढेको हो ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  १२ : १३ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक