युक्रेन मुद्दामा वार्ता गर्न पश्चिमी राष्ट्रहरू अनिच्छुक : लाभरोभ « Khabarhub

युक्रेन मुद्दामा वार्ता गर्न पश्चिमी राष्ट्रहरू अनिच्छुक : लाभरोभ


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

मस्को- रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेन मुद्दामा वार्ता गर्न पश्चिमी राष्ट्रहरू इच्छुक नभएको बताएका छन् ।

रुसलाई निमन्त्रणा नगरी जेद्दा र कोपेनहेगनमा युक्रेनको विषयमा पश्चिमी राष्ट्रहरूले बहुपक्षीय बैठकहरू गरेका छन् । विदेशमन्त्री लाभरोभले इन्टरनेशनल अफेयर्स पत्रिकासँगको अन्तर्वार्तामा भनेका छन्– ‘सो छलफल युक्रेनी राष्ट्रपतिको शान्ति योजनालाई समर्थन गर्ने वातावरण निर्माण गर्न आयोजना गरिएको भनिएको छ तर रुसको बुझाइ र चाहानालाई भने पूर्ण रूपमा इन्कार गरिएको छ ।’

रुस सधैं फलदायी वार्ताको लागि तयार रहेको बताउँदै पूर्वी युक्रेनमा द्वन्द्व समाधान गर्ने उद्देश्यले कीभलाई मिन्स्क सम्झौताहरू कार्यान्वयन गराउन वर्षौंदेखि प्रयास गरेको विदेशमन्त्रीको दाबी छ ।

विशेष सैन्य कारबाहीको पहिलो दिनदेखि नै वार्ता शुरु गर्ने युक्रेनको प्रस्तावमा रुसले प्रतिक्रिया दिएको थियो तर सन् २०२२ मा पश्चिमी दबाबमा युक्रेनले वार्ता रोकेको उनको टिप्पणी छ ।

त्यसपछि युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रूसी नेतृत्वसँग कुनै पनि प्रकारको वार्ता गर्न निषेध गरेको लाभरोभको आरोप छ । पश्चिमी प्रायोजकहरूले लगातार युक्रेनलाई बिग्रदो स्थिति थप भयाबह बनाउँन दबाब दिएका छन् । अहिले युक्रेनमा रूस र पश्चिमबीच वार्ताको कुनै सम्भावना नदेखिएको पनि विदेशमन्त्रीको बुझाइ छ ।

पश्चिमी राष्ट्रहरूको वार्ताको आह्वान थकित युक्रेनी सेनालाई विश्राम दिलाउन र समय घर्काउन खेलिएको रणनीतिक चालको रूपमा मात्र रुसले बुझेको पनि मन्त्री लाभरोभले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  २ : ०९ बजे

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा सकारात्मक : के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश

काभ्रेको जनमुक्ति मार्ग तीब्र गतिमा निर्माण हुँदै 

धुलिखेल– काभ्रेपलाञ्चोकमा निर्माण भइरहेको जनमुक्ति मार्गलाई तीव्र गतिमा अगाडि बढाएको

दिक्तेल बजारको सडक ढलान सकियो, सौन्दर्यकरणको काम हुँदै

खोटाङ– खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सडक ढलानको काम

रौतहटमा तीन हजार ८५१ निर्वाचन प्रहरी भर्ना गरिने

रौतहट– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य