संखुवासभा समाज कतारद्वारा परेश राईलाई ५० हजार सहयोग « Khabarhub

संखुवासभा समाज कतारद्वारा परेश राईलाई ५० हजार सहयोग


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

दोहासंखुवासभा समाज कतारद्वारा ‘मेरो भोइस युनिभर्स’ का फाइनलिष्ट परेश राईलाई भोटिङका लागि ५० हजार ९७९ रुपियाँ सहयोग गरेको छ ।

प्रतियोगितामा संखुवासभाका उदयमान प्रतिभाका धनी गायक राईलाई जितको शुभकामना दिँदै सङ्खुवासभा समाज कतारले पनि आर्थिक सहयोग गरेको समाजका अध्यक्ष राजेन्द्र खनालले जानकारी दिए । 

सहयोग गर्ने व्यक्तिहरूमा राजेन्द्र खनाल ५१ कतारी रियाल, पदम प्रसाद सिम्खडा १०१,  प्रकाश लिम्बू १००, शिव खत्री  ५१, दीपक खत्री ५१, भुपाल अधिकारी ५१, रुद्र बिष्ट ५१, खडक बस्नेत ५१, सौरभ आचार्य ५१, उमेश सुवेदी २०, पर्शुराम दाहाल १११, अर्जुन कार्की २५ दुर्गा बहादुर थापा १११ रियाल सहयोग गरेका छन् ।

यसैगरी, भवानी शंकर पौडेल ५१, आर के ठट्टाल ५१, तेज मोक्तान ५१, बिरेन मादेन लिम्बू करि १०१, खेम भट्टराई २०, डम्बर अधिकारी २५, मान बहादुर तमाङ्ग ५५, अशोक न्यौपाने २१, भीम बहादुर थापा ३०, हर्क जिमि १५०, रमेश बराल २१ र टेक कटुवाल २१ कतारी रियाल सहयोग गरेका छन्  ।

सहयोग रकम शुक्रबार नै परेस राई जिताऊ अभियानलाई पठाइसकिएको अध्यक्ष खनालले बताए । बिहीबार सङ्खुवासभा समाज हङकङ प्रतिभा पुरस्कार प्रतिष्ठानले ‘परेश राई जिताऔँ अभियान’ लाई १ लाख ८५ हजार सहयोग गरेको थियो । सङ्खुवासभा जिल्लाको चैनपुर नगरपालिका-१० ईकुम्बामा जन्मिएका परेशले खराङ स्थित सारदा मा.वि.बाट एसएलसी उत्तीर्ण गरे । 

सानै उमेरदेखि गीत संगीतमा रुचि रहेको परेशले विद्यालय उमेरदेखि नै विभिन्न सानातिना कार्यक्रमहरूमा सहभागीता जनाउँदै आएका थिए । धरानमा संगीत विषय पढ्न नपाएपछि  काठमाडौँ हानिएका उनी  काठमाडौँ स्थित मातातीर्थ क्षेत्रमा दिदीको घरमा बसेर उनले आर.आर. क्याम्पसमा संगीत विषय अध्ययन गरिरहेका छन् । 

अहिले उनी संगीत विषयको तेश्रो वर्षमा अध्ययनरत छन् । २४ बर्षिया परेश चार दाजु र चार दिदीका कान्छो भाइ हुन् । सुरु-सुरुमा सानातिना कार्यक्रमहरुमा भाग लिँदै गरेका उनी २०७१ मा रेडियो नेपालले आयोजना गरेको खुल्ला आधुनिक गीत प्रतियोगितामा पूर्वाञ्चल विजेता बने भने अर्को गायन रियालिटी सो भोईस अफ नेपालको पछिल्लो सिजनमा नकाउट चरणबाट बाहिरिएका थिए ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ४ : ३५ बजे

नेता मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा

काठमाडौं– वामनेता विष्णुबहादुर मानन्धरको आत्मवृत्तान्त ‘सङ्घर्षका पानाहरू’ बजारमा आएको छ । 

कम्बोडियाद्वारा थाइल्यान्डलाई वार्ता गर्न आग्रह

न्होम्पेन- लामो समयदेखि विवादित रहँदै आएको सीमाक्षेत्रमा पुनः तनाव बढिरहँदा

पर्खालमा च्यापिएर मजदुरको मृत्यु, एक जनाको अवस्था गम्भीर

दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका –१६ जहदागाउँस्थित इँट्टाभट्टाको पर्खाल भत्किँदा त्यसमा

आशा भोसलेको त्यो अन्तिम नेपाल भ्रमण, गरेकी थिइन् – मृत्युलाई जोडेर व्यङ्ग्य

काठमाडौं – भारतीय गायिका आशा भोसलेले ०७६ पुसमा गरेको नेपाल

दुईदिने बिदाले अस्पतालका सेवाग्राही मारमा; मन्त्रालय भन्छ- सेवा दिनुपर्छ, चिकित्सक भन्छन्- सकिँदैन

काठमाडौं- अन्तर्राष्ट्रिय बजारमा बढ्दो कच्चा तेलको मूल्य र वैदेशिक मुद्रा