डेङ्गुबाट सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा | Khabarhub Khabarhub

डेङ्गुबाट सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिन्छ : मुख्यमन्त्री थापा


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

मोरङ– कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले डेङ्गु सङ्क्रमितको उपचारको जिम्मा प्रदेश सरकारले लिने बताएका छन् । धरान उपमहानगरपालिकाका विभिन्न राजनीतिक दलका प्रतिनिधिसितको भेटमा  आज उनले डेङ्गु नियन्त्रण तथा रोकथामका लागि प्रदेश सरकारले प्रभावकारी कदम चाल्ने बताए ।  

मुख्यमन्त्री थापाले ध्यानाकर्षणपत्र बुझ्दै डेङ्गु नियन्त्रण एवं रोकथामका लागि स्वास्थ्य मन्त्रालयमार्फत आवश्यक औषधिलगायत सामग्रीसहित सम्पूर्ण उपचारको जिम्मा प्रदेश सरकारले लिने प्रतिबद्धता व्यक्त गरे । विराटनगरस्थित एक हजार शय्याको सङ्क्रमण रोग तथा सघन उपचार केन्द्रमा डेङ्गुलगायत अन्य रोगबाट पीडितको उपचार सरकारले निःशुल्क गर्ने व्यवस्था मिलाएको उनले बताए।  मुख्यमन्त्री थापाले डेङ्गु नियन्त्रणका लागि माग गरिएको ‘स्प्रे मेसिन’ प्रदेश विपद् व्यवस्थापन समितिमार्फत उपलब्ध गराइने जानकारी दिए ।  

यस्तै कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले समयमै डेङ्गु रोग नियन्त्रणका लागि सबैको सहयोग आवश्यक रहेको औँल्याए ।  मुख्यमन्त्री थापालाई नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी तथा जनता समाजवादी पार्टीका धरानस्थित नगरसभापतिले संयुक्तरुपमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

कांग्रेसका नगरसभापति श्याम पोखरेल, एमालेका हर्कजङ एवेल, माओवादी केन्द्रका सर्वजित राई, नगरपालिकाका पूर्वप्रमुख तिलक राईलगायतले डेङ्गु नियन्त्रण तथा सङ्क्रमितको उपचारका लागि सहयोग गर्न मुख्यमन्त्री थापालाई आग्रह गरे । 

तीन महिनायता डेङ्गुका कारण ११ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ४ : ५९ बजे

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।