किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको आरोप « Khabarhub

किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको आरोप


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. वेदुराम भुसालले किसानलाई मल बिक्री गर्ने क्रममा केही सहकारीले बदमासी गरेको बताएका छन् ।

शनिबार काठमाडौंमा समाजवादी सहकारी संगठन नेपालको बागमती प्रदेशस्तरीय भेला उद्घाटन गर्दै मन्त्री भुसालले कृषि सामाग्री र साल्ट ट्रेडिङबाट अनुदानमा किनेर सहकारीले व्यापारीलाई महङ्गोमा बिक्रीबितरण गर्दा त्यसको असर किसानलाई परेको बताएका हुन् ।

उनले संघीय सरकारले मल भित्राउने मात्रै गरेको वितरणको जिम्मा प्रदेश र स्थानीय तहलाई दिएको जिकिर गरे । स्थानीय तहले पनि सहकारीलाई मल बिक्रीको जिम्मा दिँदा गडबडी भएको उनले बताए । मन्त्री भुसालले लम्पी स्किन रोग निकै पहिलेदेखि नै नेपालमा भित्रिएको भन्दै आफूहरू सरकारमा पुगेपछि खोप लगाउने र थप उपचार गर्ने काम भएकाले करिव नियन्त्रणमा आएको दावी गरे । उनले खेतियोग्य जमिन मध्ये १० लाख ३० हजार बाँझो रहेकाले धान आयात रोक्नै नसकिने बताए ।

उनले बाँझो जमिनको खेतीका लागि बजेटमा पनि उपयुक्त व्यवस्था गरेको कारण सामूहिक खेतीको अवधारणामा अघि बढ्न सकिने जिकिर गरे । उनले सिँचाइ नपुगेका स्थानमा समेत सिँचाइको व्यवस्था गरेर बाँझो जमिनलाई खेती योग्य बनाइने बताए ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ६ : ०२ बजे

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा

इरान तनावबीच संयुक्त राज्य अमेरिकालाई बेलायतको सैन्य सहयोग

एजेन्सी– बेलायतले संयुक्त राज्य अमेरिकालाई हर्मुज क्षेत्रमा हुने आक्रमणका लागि

प्रधानमन्त्रीलाई रक्षा बमको प्रश्न : सिंहदरबार जलाउने सलाई कसको हातमा थियो ?

काठमाडौँ– जेनजी फ्रन्टकी संयोजक रक्षा बमले गत भदौ २३ र

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको