बकुलहर अस्पतालको शय्या निःशुल्क « Khabarhub

बकुलहर अस्पतालको शय्या निःशुल्क


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

चितवन– पूर्वी चितवनमा रहेको रत्ननगर बकुलहर अस्पतालका ७६ शय्या निःशुल्क गरिएको छ । बागमती प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयको निर्देशनपछि अस्पतालले शय्या निःशुल्क गरेको हो ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन ज्ञवालीका अनुसार भदौ १ गतेदेखि अस्पतालमा रहेका ९० शय्यामध्ये ७६ शय्या निःशुल्क गरिएको छ । उनका अनुसार अस्पतालका क्याबिन, सघन र बाल सघन उपचार कक्ष गरी १४ शय्याबाहेक अन्य शय्या निःशुल्क गरिएका छन् ।

अस्पतालमा यसअघि नै १० प्रतिशत शय्या तथा उपचार निःशुल्क गरिसकिएको डा ज्ञवालीले जानकारी दिए। प्रदेशअन्तर्गत स्वास्थ्य मन्त्रालयले मातहतका १३ अस्पतालका सबै शय्या निःशुल्क गर्न निर्देशन दिएको थियो । साउन २२ गते स्वास्थ्यमन्त्री उत्तम जोशीले भदौ १ गतेदेखि क्याबिन, बाल र सघन उपचार कक्षबाहेक अन्य सम्पूर्ण शैय्याहरू निःशुल्क गर्ने निर्णय गरेका थिए । मन्त्रीको निर्णयपश्चात् प्रादेशिक अस्पतालहरुका सामान्य शय्या  निःशुल्क गरिएका छन् । 

बिरामीको चाप बढ्दै गएपछि सरकारले नागरिकलाई सर्वसुलभ रुपमा सेवा दिने उद्देश्यले मन्त्रालयले मातहतका १३ अस्पतालमा शय्या निःशुल्क गराएको प्रदेशका स्वास्थ्यमन्त्री जोशीले जानकारी दिए। उनका अनुसार गत आर्थिक वर्षमा ती अस्पतालबाट सात लाख ५५ हजार २४ ले सेवा लिएका थिए । ‘स्वास्थ्य सेवालाई हुँदा खानेको पहुँचमा पुर्‍याउने उद्देश्यका साथ काम गरिरहेका छौँ’, मन्त्री जोशीले भने, ‘अब भर्ना भएका बिरामीले शय्या शुल्क तिर्नु पर्दैन ।’

प्रदेशका प्रयोगशालाहरुमा सर्वसुलभ रुपमा सेवा दिइएको भन्दै उनले डेङ्गु परीक्षण पनि निःशुल्क गरिएको बताए । प्रदेशभित्र रहेका सीमान्तकृत, सबै आश्रममा रहेका, अपाङ्गको (क) एवं र (ख) वर्गका व्यक्ति, स्वयम् सेविकालगायतको निःशुल्क स्वास्थ्य बीमा गर्न सुरु गरिएको मन्त्री जोशीले जानकारी दिए। ‘पक्षघात र मस्तिष्क घात भएका बिरामीलाई उपचारमा सहुलियत दिइएको, प्यारालाइसिस भएका बिरामीलाई आयुर्वेद अस्पतालमा निःशुल्क फिजियो थेरापी गर्ने व्यवस्था गरिएको छ’, उनले भने।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ७ : ०९ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको