प्रतिनिधिसभा बैठक भोली बस्ने, यस्तो छ कार्यसूची « Khabarhub

प्रतिनिधिसभा बैठक भोली बस्ने, यस्तो छ कार्यसूची


२ भाद्र २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रतिनिधिसभाको बैठक भोलि बस्दै छ। दोस्रो अधिवेशनको ४९औं बैठक बस्न लागेको हो। नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक सुरु हुने तय छ।

बैठकका लागि संसद् सचिवालयले विभिन्न सम्भावित कार्यसूची सार्वजनिक गरेको छ। बैठकको सुरुमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।

सभामुख घिमिरेले नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन्।

यस्तै, उनले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यको नाम हेरफेर गर्ने सम्भावित कार्यसूची छ।

बैठकमा सभामुख घिमिरेले सांसद टोपबहादुर रायमाझीको पद निलम्बन भएको जानकारी गराउनेछन्। उनले सांसद सुनीलकुमार शर्मा पक्राउ परेको र थुनामुक्त भएको जानकारी पनि गराउनेलगायत सम्भावित कार्यसूची छन्।

यी अधिकांश सम्भावित कार्यसूची यसअघिकै बैठकका लागि तय गरिएको थियो। तर, लगातार अवरुद्ध गरिँदा बैठकका काम–कारबाही प्रभावित हुँदै आएको छ।

६० किलो सुन तस्करी प्रकरणको छानबिनका लागि उच्चस्तरीय समिति बनाउनुपर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले०का सांसदले बैठक अवरुद्ध गर्दै आएका छन्। सरकारी निकायले नै उक्त प्रकरणको अनुसन्धान गरिरहेकाले अर्को समिति आवश्यक नभएको सत्तापक्षले तर्क गरिरहेको छ। छानबिन समिति नबनाएसम्म बैठक सञ्चालन गर्न नदिने एमालेको अडान कायमै छ।

प्रकाशित मिति : २ भाद्र २०८०, शनिबार  ८ : ४५ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको