नेपाली कांग्रेस कोइराला समूहको बैठक बस्दै « Khabarhub

नेपाली कांग्रेस कोइराला समूहको बैठक बस्दै


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहको बैठक आज बस्दै छ ।

कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा दिउँसो २ बजे बस्ने बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र १४औँ महाधिवेशनमा महामन्त्रीका प्रत्यासी प्रदीप पौडेललाई पनि बोलाइएको छ ।

कोइराला समूहको बैठकमा शर्मा र पौडेललाई पहिलो पटक बोलाइएको हो । पार्टीको १४औँ महाधिवेशनमा शर्मा प्रकाशमान सिंहको टिमबाट महामन्त्री बन्नु भएको थियो भने पौडेल देउवा समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए ।

बिहीबारदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकअघि बस्न लागेको कोइराला समूहको बैठकलाई महत्वका साथ हेरिएको छ ।

बैठकमा केन्द्रीय समिति बैठक, समूहको गतिविधि, रूपान्तरण अभियानलगायत विषयमा छलफल हुने बुझिएको छ ।

 

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  ८ : ३८ बजे

खोटाङमा हावाहुरीले दर्जनौँ घरगोठ तथा विद्यालयको छाना उडायो

खोटाङ– गएराति वर्षासँगै चलेको हावाहुरीले खोटाङमा दर्जनौँ घरगोठ तथा विद्यालयको

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख पक्राउ

काठमाडौं- नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग

सुरेन्द्र पाण्डेले भने : अब एमाले बन्द कोठाको षडयन्त्रमा होइन, कार्यकर्ताको भावनामा चल्नुपर्छ

काठमाडौँ – नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत

मनमोहन प्राविधिक विश्वविद्यालयले भन्यो : सी जिनपिङको पुस्तक जलाइएको छैन

काठमाडौँ– मनमोहन प्राविधिक विश्वविद्यालय मोरङले चिनियाँ राष्ट्रपतिको पुस्तक नजलाइएको दाबी

मीन विश्वकर्माले भने : कांग्रेसमा दुई सभापति छन्

काठमाडौँ– नेपाली कांग्रेसभित्रको विवाद फेरि सतहमा आएको छ । नेता