देश/प्रदेश

आजको फलफूल तथा तरकारीको मूल्यसूची 

By खबरहब

September 19, 2023

काठमाडौँ– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ ।

समितिका अनुसार नेपाली गोलभेडा ठूलो प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ४०, टनेल गोलभेडा सानो लोकल ७०, गोलभेडा सानो लोकल ४५, घिउ सिमी लोकल ४०, काउली स्थानीय ९०, आलु रातो ५६, मुडे आलु रातो ५०, भारतीय आलु रातो ३५, लौका २५, हरियो फर्सी ४०, घिरौँला ५० रुपैयाँ कायम भइ कारोबार भइरहेको छ ।

त्यसैगरी डल्ले च्याउ प्रतिकेजी ३४० रुपैयाँ, बन्दा लोकल ६०, गाँजर १३०, मूला सेतो ८०, भन्टा डल्लो ५०, भन्टा लाम्चो ३०, मकै बोडी ८०, टाटे सिमी ४०, तितो करेला ७०, ब्रोकाउली ३००, कागती २००, भिण्डी ३०, निगुरो ८०, रातो बन्दा प्रतिकेजी ३००, लोकल काँक्रो १००, अदुवा प्रतिकेजी १६० रुपैयाँ रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरिलो प्रतिकेजी ४५० रुपैयाँ, केरा दर्जनको १५०, अनार ३५०, नासपाती ८०, एभोकाडो २००, कालो अंगुर ४५०, किवी ४००, हरियो खुर्सानी अकबरे १४० रुपैयाँ तथा रहु माछा ४००, छडी माछा २६०, बचुवा माछा ३०० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको छ ।

यस्तै, लप्सी प्रतिकेजी ६० रुपैयाँ, हरियो धनियाँ १५०, खुर्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०, परबर ४०, गुन्द्रुक प्रतिकेजी २५०, बरेला १५०, भारतीय प्याज सुकेको ६५, लसुन हरियो ३००, छ्यापी सुकेको २००, भेडे खुर्सानी ७०, सरिफा १५०, फुजी स्याउ ३२०, अम्बा १००, मौसम १५०, जुनार ३२०, अमला ८०, तोफु ११०, पिँडालु ६०, तामा ९०, चुकुन्दर ७०, निबुवा ६०, कन्य च्याउ १५०, तने बोडी प्रतिकेजी ४० रुपैयाँमा कारोबार भइरहेको छ ।