पाकिस्तानको खैबर पख्तुनख्वामा स्वास्थ्य बजेट २ खर्ब ३२ अर्ब « Khabarhub

पाकिस्तानको खैबर पख्तुनख्वामा स्वास्थ्य बजेट २ खर्ब ३२ अर्ब

खर्च जम्मा ५ अर्ब २९ करोड


२२ पुस २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा विगत १० वर्षदेखि पूर्वप्रधानमन्त्री इमरान खानले स्थापना गरेको पाकिस्तान तहरिक ए इन्साफ पार्टीले सरकार चलाइरहेको छ । तैपनि उक्त प्रान्तले लामो समयदेखि स्वास्थ्य संकटको सामना गरिरहेको छ ।

अघिल्लो वर्षजस्तै सन् २०२४ मा पनि प्रान्तीय सरकारले स्वास्थ्य क्षेत्रमा संकटको घोषणा गरेको थियो । तर अझै पनि त्यहाँका बासिन्दा गुणस्तरीय स्वास्थ्य सेवाबाट भने वञ्चित छन् ।

सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको दाबी गरेको भए पनि नतिजा भने सकारात्मक देखिएको छैन । सरकारले स्वास्थ्य क्षेत्रका लागि २ खर्ब ३२ अर्ब पाकिस्तानी रुपैयाँ बजेट विनियोजन गरेको थियो । त्यसमध्ये ३५ अर्ब ७६ करोड रुपैयाँ विकासका परियोजनाका लागि विनियोजन गरिएको थियो ।

विनियोजित कुल बजेटमध्ये केबल १५ प्रतिशत अर्थात् ५ अर्ब २९ करोड रुपैयाँ मात्रै खर्च भएको छ । यति हुँदा हुँदै पनि सरकारले अघिल्लो वर्षको १२ अर्ब रुपैयाँ तिर्न बाँकी नै छ ।

प्रकाशित मिति : २२ पुस २०८१, सोमबार  ६ : ४८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको