शिक्षा दिवसमा पुरस्कृत हुने क्याम्पस, विद्यालय र शिक्षकको नाम सार्वजनिक | Khabarhub Khabarhub

शिक्षा दिवसमा पुरस्कृत हुने क्याम्पस, विद्यालय र शिक्षकको नाम सार्वजनिक


२ आश्विन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


753
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रिय शिक्षा दिवस, २०८० का अवसरमा आज पुरस्कृत हुने उत्कृष्ट विद्यालय, शिक्षक, कर्मचारी, प्राध्यापक, प्रिन्सिपल लगायतको नामावली सार्वजनिक भएको छ। 

‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्यापदक र राष्ट्रिय शिक्षा पुरस्कारसम्बन्धी निर्देशिका, २०७७’ बमोजिम दिवसको मूल समारोह समितिको पुरस्कार छनोट समितिको सिफारिसमा एक सय ७७ जनाको नामावली सार्वजनिक भएको हो । आज आयोजना हुने कार्यक्रममा कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले ती पुरस्कार प्रदान गर्नेछन् ।

पुरस्कृत हुनेमा विसं २०७९ को माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा (एसइई) मा उत्कृष्टताका आधारमा सामुदायिक (सार्वजनिक) विद्यालयतर्फ सिन्धुलीको कमला मावि, दुधौलीलाई राष्ट्रिय शिल्ड, ध्वजा र नगदसहित  रु तीन लाख, द्वितीय हुने सिन्धुलीकै कमला मावि, कमलामाईले रु दुई लाख र तृतीय हुने सल्यानको नारायण मावि, कुमाखलाई एक लाख राशिको पुरस्कार प्रदान गरिनेछ ।

निजी (संस्थागत) विद्यालयतर्फ राष्ट्रियस्तरमा प्रथम भई ललितपुरको प्रसादी एकेडेमीले रु तीन लाख, द्वितीय हुने भई काठमाडौँको सेन्ट जेभियर्स कलेजले रु दुई लाख र तृतीय भई काठमाडौँकै बूढानीलकण्ठ स्कुलले रु एक लाख प्राप्त गर्नेछ ।

प्राविधिक विद्यालयतर्फ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्को सिफारिसका आधारमा रूपन्देहीको कोरिया नेपाल बहुप्राविधिक शिक्षालय, मोरङको मनमोहन मेमोरियल पोलिटेक्निक, झापाको लाइफलाइन अस्पताल प्रालि र मोरङको आदर्श माविले प्रतिसंस्था रु एक/एक लाखको पुरस्कार प्राप्त गर्नेछन् । 

उत्कृष्ट क्याम्पसतर्फ विश्वविद्यालय अनुदान आयोगको मूल्यांकनका आधारमा आङ्गिक क्याम्पसमध्ये ललितपुरको पुल्चोक क्याम्पस, सामुदायिकतर्फ रुपन्देहीको लुम्बिनी वाणिज्य क्याम्पस, निजीतर्फ काठमाडौँको काठमाडौँ मोडेल कलेजले प्रतिसंस्था रु दुई लाख ५० हजार राशिको पुरस्कार पाउँदैछन् ।

यसै वर्षदेखि स्थापना गरिएको समाजकल्याण शिक्षा पुरस्कार भक्तपुरको एसओएस बालग्राम, सुर्खेतको कोपिला भ्याली सेवा समाज र काठमाडौँको माला खरेल, बाल सारथी एकेडेमीलाई प्रतिसंस्था रु तीन लाखका दरले पुरस्कार प्रदान गरिनेछ । सडक बालबालिका, एचआइभी एड्स सङ्क्रमितका सन्तान, अशक्त तथा असहाय बालबालिकालाई पालनपोषणसहित शिक्षा प्रदान गरी राष्ट्रियस्तरमा उल्लेखनीय योगदान दिएका व्यक्ति र संस्थालाई यो पुरस्कार दिइन्छ ।

‘समावेशी र सीपमूलक शिक्षा: स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने आदर्श वाक्यका साथ आज दिवस मनाइँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले दिवस मनाउन शिक्षामन्त्री अशोकमाुर राईका संयोजकत्वमा मूल समारोह समिति गठन भएको  छ । 

स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधि प्राप्त सात सय ९० लाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ लाई ‘ग’ श्रेणीको पदक पाउनेको नामावली पनि आजै सार्वजनिक भएको छ भने उक्त पदकपछि वितरण हुनेछ ।

नेपाल सरकारले संविधानको मौलिक हकको कार्यान्वयनका लागि ‘अनिवार्य तथा निःशुल्क शिक्षा ऐन, २०७५’ प्रमाणीकरण भएको मितिलाई आधार मानी गत जेठ ९ गतेको मन्त्रिपरिषद्को बैठकले यस वर्षदेखि हरेक असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।

प्रकाशित मिति : २ आश्विन २०८०, मंगलबार  १२ : १४ बजे

राष्ट्रियसभा अध्यक्ष र समितिका सभापतिबीच छलफल

काठमाडौं– बदलिएको राजनीतिक परिस्थितिमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभाका समिति

विनियोजित बजेटबाट १२० अर्ब बढी रुपैयाँ निकालिने, निर्वाचन र पुनर्निर्माणमा खर्च गरिने

काठमाडौं– अर्थमन्त्री रामेश्वर खनालले फागुन २१ मा गरिने संघीय संसद्को

गुल्मी अस्पतालका विशेषज्ञ चिकित्सकलाई प्रोत्साहन भत्ता

गुल्मी– रेसुङ्गा नगरपालिकाले विशेषज्ञ चिकित्सकहरूलाई प्रोत्साहन भत्ता उपलब्ध गराउँदै आएको

जेन-जी आन्दोलनमा भएको क्षतिग्रस्त संरचना पुन:निर्माणमा लक्ष्मी टेक्नोप्लास्ट सघाउने

काठमाडौं– जेन-जी आन्दोलनका क्रममा भौतिक संरचनामा भएको क्षति पुन:र्निर्माणमा ओम शिवम पाइप्स

लिबियाको तटमा डुङ्गा डुब्दा ६१ आप्रवासी बेपत्ता

एजेन्सी– संयुक्त राष्ट्रसङ्घीय शरणार्थी उच्चायुक्त (युएनएचसिआर) ले लिबियाको पूर्वी तटमा